News Category 2081/08/16
सप्तरीको दुई वडामा ७१.८१ प्रतिशत मतदान
दैनिक समाचारदाता
राजविराज, १६ मंसिर ।
सप्तरीको डाक्नेश्वरी नगरपालिकामा शान्तिपूर्ण तरिकाले मतदान कार्य सम्पन्न भएको छ ।
डाक्नेश्वरीको वडा नंं १ र ४ वडामा अध्यक्ष पदका लागि भएको मतदानमा ७१.८१ प्रतिशत मतदान भएको जिल्ला निर्वाचन कार्यालय सप्तरीका प्रमुख रमेश कुमार जोशीले जानकारी दिएका छन् ।
वडा नं. १ मा २ हजार ६ सय २३ मतदाता रहेकोमा १ हजार ८ सय ४५ मतदाताले मतदान गरेका छन् भने वडा नं. ४ मा १ हजार ३ सय १९ मतदाता रहेकोमा ८ सय ८६ मतदाताले मतदान गरेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
दुवै वडामा २८३१ जना मतदाताले मतदान गरेका छन् भने मतपेटिका मतगणना स्थलमा ल्याई सकिएको र सर्वदलिय बैठक बस्ने तयारी भईरहेको छ ।
वडा नं. १ मा २ मतदानस्थल र मतदान ३ केन्द्र र वडा नम्बर ४ मा १ मतदानस्थल र २ वटा मतदान केन्द्र राखिएको थियो ।
मतदान सम्पन्न पश्चात् आइतबार साँझ सर्वदलिय बैठकपछि डाक्नेश्वरी नगरपालिकाको कार्यालयस्थित हलमा मतगणना शुरु हुने निर्वाचन अधिकृत दिपक कुमार दहालले जानकारी दिए । मतगणनाका लागि गणनास्थल समेत तयार पारिसकिएको उनले बताए । दुई वडाअध्यक्ष पदका लागि विहान ७ बजे देखि ५ बजेसम्म मतदान भएको थियो । दुबै वडामा गरि १६ जना उम्मेदबार चुनावी मैदानमा छन् ।
यस्तै निर्वाचन आयोगले सम्पन्न स्थानीय तह उपनिर्वाचनको मतदान कार्य शान्तिपूर्ण र उत्साहजनकरूपमा सम्पन्न भएको निर्वाचन जनाएको छ ।
उपनिर्वाचन भएका स्थानीय तह तथा वडाको अन्तिम मतदाता नामावलीमा २ लाख २६ हजार ७ सय ९९ मतदाता रहेकोमा हालसम्मको प्राप्त विवरण अनुसार करिब ६२ प्रतिशत मतदान भएको आयोगले जनाएको छ ।
उपनिर्वाचन प्रयोजनका लागि २५ वटा राजनीतिक दल दर्ता भएकोमा २० वटा राजनीतिक दलको तर्फबाट उम्मेदवारी परेको थियो । ओखलढुंगा र कैलाली जिल्लाको जिल्ला समन्वय समितिको प्रमुखमा क्रमशः नेपाली काँग्रेसका उम्मेदवार टेकराज भट्टराई र टीका कुमारी चौधरी (भुल)को मात्र अन्तिम उम्मेदवारी कायम भएको थियो भने रूकुम (पूर्वी भाग) जिल्ला पुथा उत्तरगंगा गाउँपालिका वडा नं. २ को वडा अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उम्मेदवार जगत घर्तीको मात्र अन्तिम उम्मेदवारी कायम भएको थियो ।
एक एक जना उम्मेदवारी कायम भएका बाहेक नगरपालिकाका प्रमुख एक जना, उपप्रमुख एक जना, गाउँपालिकाका अध्यक्ष दुई जना, उपाध्यक्ष चार जना तथा वडा अध्यक्ष ३३ जना गरी जम्मा ४१ पदका लागि भएको उपनिर्वाचनमा राजनीतिक दलका २ सय ७४ जना र स्वतन्त्र १ सय २ जना गरी जम्मा ३ सय ७६ जना उम्मेदवार रहेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/04 ट्राफिक व्यवस्थापन नहुँदा नगर अस्तव्यस्त
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ