News Category 2081/08/17
हरेक प्रदेशमा महिलालाई उद्यमशील बनाउनुपर्छ ः डा. कोइराला
दैनिक समाचारदाता
राजविराज, १७ मंसिर ।
नेपाली काँग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले देश आर्थिक समृद्धितिर लग्न हरेक प्रदेशमा महिलालाई उद्यमशील बनाउनुपर्नेमा जोड दिएका छन् ।
जय नेपाल फाउन्डेशन जिल्ला कार्यसमिति सप्तरीको आयोजनामा सोमबार राजविराजमा गरिएको विचार गोष्ठीमा बोल्दै नेता कोइरालाले सो कुरामा जोड दिएका हुन् ।
मधेशले संविधानमा सुधार र समावेशी सहभागिता चाहेकोले त्यसलाई काँग्रेसले संस्थागत गर्न अघि बढ्नुपर्ने उनले बताए । सुशासन र आर्थिक विकासको निम्ती गठवन्धन गरेको यो सरकारको काम कारवाही जनताले अपेक्षा गरे झै नदेखिएको जिकिर समेत गरे ।
“सरकारको १८ खर्वको बजेट छ । प्रत्येक वर्ष ३ खर्व ऋण तिर्न जान्छ । ३ खर्ब विकासीय बजेट अर्थात पुँजीगत बजेट हो । वर्षेनी १२ खर्ब भइरहेको चालू खर्च घटाउन सकेका छैनौ । यो अवस्थामा हाम्रो देश चलेको छ ।” उनले भने ।
जय नेपाल फाउन्डेसनका केन्द्रीय अध्यक्ष बद्री आचार्यको उपस्थिति समेत रहेको विचार गोष्ठी कार्यक्रममा मधेस प्रदेशका सबै जिल्लाका नेता तथा कार्यकर्ताहरू र कोशी प्रदेशका सुनसरी, मोरङ लगायतका जिल्लाका नेता जिल्ला अध्यक्षहरूको समेत सहभागिता रहेको फाउन्डेसनका जिल्ला अध्यक्ष अर्जुन प्रसाद साहले जानकारी दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/04 ट्राफिक व्यवस्थापन नहुँदा नगर अस्तव्यस्त
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ