News Category 2081/08/23
झ्यालमा झुण्डिएको अवस्थामा अस्पतालका कर्मचारी फेला
दैनिक समाचारदाता
राजविराज, २३ मंसिर ।
राजविराजस्थित जिल्ला खेलकुद विकास समिति कार्यालय परिसरमा रहेको कभर्ड हलको झ्यालमा झुण्डिएको अवस्थामा गजेन्द्र नारायण सिंह अस्पतालका एक कर्मचारी मृत फेला परेका छन् ।
आईतवार विहान सो अस्पतालमा कार्यालय सहयोगी पदमा कार्यरत ५५ वर्षीय सुधिर कुमार झाको मृत शरीर झुण्डिएको अवस्थामा फेला परेको हो ।
सप्तरीको छिन्नमस्ता गाउँपालिका ३ गोविन्दपुर निवासी झा विगत २५ वर्षदेखि गजेन्द्र नारायण सिंह अस्पतालमा कार्यरत थिए । उनी अस्पताल परिसरमै अस्पताल प्रशासनले उपलब्ध गराएको क्वाटर (कोठा)मा सपरिवार बस्दै आएका थिए ।
कार्यालय परिसरभित्रै रहेको हनुमान मन्दिरमा पुजा गर्न विहान पुगेका भक्तजनहरुले कभर्ड हलको झ्यालमा एक व्यक्ति झुण्डिएको देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
घाटीमा नाइलनको डोरीले पासो लगाई झुण्डिएको अवस्थामा झाको मृत शरिर फेला परेको खबर फैलिएपछि ठुलो संख्यामा नगरवासी घटना स्थलमा जम्मा भएका थिए ।
परिवारजनले भने उनको हत्या भएको दावी गरेका छन् । मृतकका जेठान फुल कुमार झाले कसैले मिलोमतो गरी हत्या गरेर आत्महत्या बनाउन झुण्डयाएको दावी गरे ।
“घरमा कुनै तनाव थिएन, सबै राम्रै थियो, उनले थपे–हत्यालाई आत्महत्या बनाउन खोजिएको हो ।” उनले घटनाको उच्च स्तरीय छानविन हुनुपर्ने माग समेत गरेका छन् । नगरमा अपराध रोक्न ठाउँ ठाउँमा सिसि क्यामेरा जडान गरिएको छ, उनले भने–ती सबैको फुटेज चेक गरिनुपर्छ ।’
घटनास्थलमा पुगेका छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष विद्यानन्द चौधरीले उक्त घटना शंकास्पद देखिएको भन्दै सुक्ष्म अनुसन्धान गरी सत्यतथ्य सार्वजनिक गरिनुपर्ने माग गरे ।
सुरक्षा संवेदनशीलता, चोरी, लुटपाट, दुर्घटना लगायतका अपराध नियन्त्रण गर्न नगरका ७४ स्थानमा राजविराज नगरपालिकाले उच्च क्षमतायुक्त सिसि टिभी जडान गरेको छ । तर अहिले २९ वटा मात्र क्यामेराले काम गरिरहेको प्रहरीको भनाई छ ।
एक महिनाअघि मात्र ७४ मध्ये ६२ स्थानमा विग्रेका क्यामेरा मर्मत कार्य सम्पन्न गरी कार्य सुचारु गरिएकोमो अहिले फेरि विग्रीएर २९ वटा क्यामेराले मात्र काम गरिरहेको प्रहरी नायव उपरीक्षक जीतेन्द्र कुमार बस्नेतले जानकारी दिए । उनले घटनास्थल आसपासका चालु रहेका सिसि टिभीको फुटेजको पनि अध्ययन कार्य थालिएको जानकारी दिए । नगरको सुरक्षाका लागि लाखौ रकम खर्चेर जडान गरिएका अधिकांश सिसि टिभी क्यामेरा विग्रेको र मर्मत कार्य समयमै सम्पन्न गर्न सम्बन्धित निकायले चासो नदेखाएको भन्दै नगरवासीले असन्तुष्टि समेत व्यक्त गरेका छन् ।
प्रारम्भिक अनुसन्धानले झाको मृत्यु शंकास्पद भएपनि हत्या जस्तो संकेत प्रहरीले भेटेको छैन । पोष्टमार्टम रिर्पोट आएपछि मात्रै मृत्युको यकिन कारण बुझिने प्रहरीको भनाई छ ।
प्रहरी उपरीक्षक ढकेन्द्र खतिवडाले मृतक झाको गोजीबाट सुसाईड नोट फेला परेको बताए । सुसाईड नोटमा उनले आफ्ना समस्या तथा विभिन्न व्यक्तिसँग भएको लेनदेनका विषय पनि उल्लेख गरेका छन् ।
यद्यपी उक्त सुसाईड नोट उनकैद्वारा हस्तलिखित भए÷नभएको तथा अन्य परिस्थिति लगायतका विषय समेटेर विभिन्न कोणबाट समेत घटनाबारे सुक्ष्म अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।
घटनापछि आक्रोशित परिवारजनले घटनास्थलबाट शव उठाउन प्रहरीलाई केही बेर अवरोध पु¥याएपनि प्रहरी उपरिक्षक खतिवडाको उपस्थितिमा घटना बारे सुक्ष्म अनुसन्धान गरिने प्रतिबद्धता आएपछि परिवारजनले शव उठाउन दिएका थिए ।
झाको शव आइतवार साँझ पोष्टमार्टका लागि धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाई घटना बारे आवश्यक अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/04 ट्राफिक व्यवस्थापन नहुँदा नगर अस्तव्यस्त
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ