News Category 2081/08/26
अपाङ्गता भएकाहरुको शिक्षामा पहँुचका लागि सम्वाद

दैनिक समाचारदाता
राजविराज, २६ मंसिर ।
अपाङ्गता भएकाहरुको शिक्षामा पहुँच विषयक प्रदेश स्तरीय सम्वाद राजविराजमा सम्पन्न भएको छ ।
सेभ द सप्तरी नामक गैरसरकारी संस्थाको आयोजना तथा एशिया फाउन्डेशनको सहयोगमा बुधवार कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रमा प्रमुख अतिथि नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा सप्तरी क्षेत्र नं. ३ का प्रतिनिधिसभा सदस्य दिनेश कुमार यादवले शिक्षामा फरक क्षमता भएका बालबालिकाको सहज पहुँच कायम हुन सके मात्र सबैका लागि शिक्षा अभियान सफल हुने बताए ।
कार्यक्रमका विशिष्ठ अतिथि पूर्व कृषि मन्त्री तथा प्रदेश सभा सदस्य गोविन्द न्यौपानेले फरक क्षमता भएका तथा फरक लिङ्गी बालबालिकाको लागि गैरसरकारी संस्थाको मात्र भर पर्नुभन्दा पनि जनप्रतिनिधि, राजनितीकर्मी लगायत सबै पक्षले आ आफ्नो तर्फबाट भूमिका खेल्न आवश्यक रहेकोमा जोड दिए ।
अपाङ्गगता लगायतका क्षेत्रमा संस्थाले गरेको कामका बारेमा संस्थाका अध्यक्षम अध्यक्ष ध्रुव प्रसाद देवले विवरण प्रस्तुत गरेका थिए ।
संस्थाका अध्यक्ष देवको अध्यक्षतामा आयोजित कार्यक्रममा एशिया फाउनडेशन मधेश प्रदेशका प्रोजेक्ट म्यानेजर रोशन झा, कार्यक्रम संयोजक राकेश यादव लगायतले पनि बोलेका थिए । कार्यक्रममा मधेश प्रदेश भित्रका शिक्षा क्षेत्रका अगुवा तथा विभिन्न पालिकाका जनप्रतिनिधि, विद्यालय व्यवस्थापन समितिका प्रतिनिधि तथा सहजकर्ताहरुको सहभागिता रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
- 2082/06/15 छिन्नमस्ता मन्दिर परिसरमा सेनाद्वारा निर्मित शिव मन्दिरको उद्घाटन
- 2082/06/14 सप्तरीका धार्मिकस्थलमा भक्तजनको भीड
- 2082/06/17 सुख्खा तथा खडेरी प्रभावित किसानहरुलाई राहत उपलब्ध
- 2082/06/12 एकल महिलाको सहारा बन्दै जुही
- 2082/06/12 याडियाको स्कुटर सप्तरीको बजारमा
- 2082/06/10 आन्दोलनका क्रममा दलका पार्टी कार्यालय, नेता र जनप्रतिनिधिको निवासमा गरि एक करोडको क्षति
- 2082/06/10 संसद भवन बचाउने क्रममा गोली चलाएर गरिएको ठूलो नरसंहार उचित होइन ः महामन्त्री शर्मा
- 2082/06/08 जेनजी आन्दोलनका क्रममा सप्तरीका पालिका र सरकारी कार्यालयमा ७५ करोड भन्दा बढीको क्षती
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ