News Category 2081/08/26
पत्रकार महासंघको नेतृत्वका लागि देव र यादव चुनावी मैदानमा
दैनिक समाचारदाता
राजविराज, २६ मंसिर ।
नेपाल पत्रकार महासंघको मंसिर २८ गते हुने निर्वाचनका लागि सप्तरीमा बुधबार उम्मेदवारहरुले मनोनयन पत्र दर्ता गराएका छन् ।
सप्तरी शाखाकाको नयाँ कार्य समिति गठनका लागि लागि नेपाल प्रेस युनियन, प्रेस चौतारी नेपाल र समाजवादी प्रेस संगठनको संयुक्त प्यानल तथा प्रेस सेन्टर र प्रेस मञ्चको संयुक्त प्यानलबाट उम्मेरवारी परेको हो ।
प्रेस युनियन सहितको संयुक्त प्यानलबाट अध्यक्षमा श्रवण कुमार देव, उपाध्यक्ष अनिल कुमार पोखरेल, उपाध्यक्ष महिला सुधा देव, सचिव खगेन्द्र कार्की, सहसचिव कृष्णकुमार मण्डल, सहसचिव समावेशी डम्बर राई, कोषाध्यक्ष नविन कुमार गुप्ता, सदस्य महिला रक्षा चौधरी, सदस्य दलित किशोर कुमार पासवान, सदस्य आदिवासी जनजाती निरज कुमार मंडल, सदस्य मधेशी अरुण कुमार यादव, सदस्य अन्य समावेशी परिष कुमार कर्ण, सदस्य खुल्लामा क्रमशः नर्मदेव यादव, शिव आचार्य, उत्तम आचार्य र रामनाराण यादवले उम्मेदवारी दर्ता गराएका हुन् ।
देव यस अघिको निर्वाचनबाट प्रेस युनियन सहितको प्यानलबाट अध्यक्षमा निर्वाचित भई महासंघ सप्तरीको नेतृत्व गर्दै आएका छन् ।
यसै गरि सोही प्यानलबाट केन्द्रिय परिषद सदस्यहरुमा ढमला भट्टराई, सतिश कुमार दत्त र मनोजकुमार माझी र प्रदेश परिषद सदस्यहरुमा अरुण कुमार तिवारी, नरेश कुमार चौधरी, शैलेन्द्र झा, लोकेन्द्र प्रसाद यादव, पवन कुमार मिश्र, गणेशलाल देवले उम्मेदवारी उम्म्ेदवारी दिएका हुन् ।
यस्तै प्रेस सेन्टर र प्रेस मञ्चको प्यानलबाट अध्यक्षमा वैद्यनाथ यादव, उपाध्यक्ष रामनारायण विश्वास, उपाध्यक्ष महिला मन्जु यादव, सचिव जितेन्द्र कुमार झा, सह सचिव दिनानाथ यादव, सह सचिव समावेशी विद्यानन्द राम, कोषाध्यक्ष गोपाल प्रसाद गुप्ता, सदस्य आदिवासी जनजाती बृजमान तामाङ्ग, सदस्य मधेशी कृष्णदेव यादव, सदस्य अन्य समावेशी भुषण कुमार सिंह, सदस्य खुल्लामा क्रमशः धर्मपाल राउत, विन्दू कुमार यादव,राजेन्द्र कुमार मिश्र र गंगा प्रसाद साह रहेका छन् ।
यादव यस अघिको निर्वाचनमा प्रेस मञ्चकै प्यानलबाट उपाध्यक्षमा निर्वाचित भई महासंघ सप्तरीको कार्यसमितिमाछन् ।
यसैगरि केन्द्रिय परिषद सदस्यहरुमा देवराम यादव, सुमन कुमार मिश्र छन् भने प्रदेश परिषद सदस्यहरुमा भुपेन्द्र प्रसाद मण्डल, आनन्द मोहन शर्मा, महेन्द्र प्रसाद मण्डलले उम्मेदवारी दर्ता गराएको निर्वाचन समिति संयोजक बैद्यनाथ झाले जानकारी दिएका छन् । छन् ।
यसैबीच नेपाल प्रेस युनियन, प्रेस चौतारी नेपाल र समाजवादी प्रेस संगठनको संयुक्त प्यानलबाट महिला सदस्यमा रक्षा चौधरी, दलित सदस्यमा किशोर पासवान र केन्द्रिय परिषद सदस्यमा ढमला भट्टराई देवको प्यानलबाट मात्रै उम्मेदवारी परेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/04 ट्राफिक व्यवस्थापन नहुँदा नगर अस्तव्यस्त
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ