News Category 2081/08/27
अनुगमनका क्रममा सिसि क्यामराको तार काटिएको भेटियो
दैनिक समाचारदाता
राजविराज, २७ मंसिर ।
राजविराज नगरपालिकाले नगरक्षेत्र भित्रको सुरक्षालाई मध्यनजर गर्दै गत वर्ष मुख्य बजार क्षेत्रमा जडान गरेको सिसि क्यामराको तार काटिएको अवस्थामा भेटाएको छ ।
बिहीबार राजविराज नगरपालिकाका कार्यवाहक नगरप्रमुख इसरत परविनको नेतृत्वमा गरिएको अनुगमनका क्रममा क्यामराको तार काटिएको अवस्थामा भेटिएको हो ।
राजबिराज नगरपालिका रोडसहित बजारको विभिन्न ठाँउमा जडान गरिएको उक्त क्यामराहरुको तार काटिएको पाइएकोले त्यसलाई निगरानीका लागि प्रहरी उपरिक्षक ढकेन्द्र खतिवडाले आफ्ना गस्ती टोलीलाई क्यामरा निगरानी गर्न कडा निर्देशन दिएको उनले बताइन् ।
नगरपालिकाले राजविराजस्थित गजेन्द्र चौक, नेता चौक, राममन्दिर, अदालत रोड र रुपनी बसस्टेण्ट र पानीटंकी रोड सहितका क्षेत्रमा निगरानी गर्न सिसि क्यामरा जडान गरेको हो ।
गत आर्थिक बर्षको नगरसभाले विनियोजन गरेको ५० लाख बजेटबाट राजविराज नगरक्षेत्र भित्र एक सय २३ थान क्यामरा जडान गरिएको थियो ।
एक साता अघि मात्र अस्पतालका एक कर्मचारीको शव नगरपालिका कार्यालय छेउमै रहेको जिल्ला खेलकुद विकास समितिको परिसरमा झुण्डिएको अवस्थामा फेला परेको थियो ।
सिसि क्यामरामा उक्त घटना सम्बन्धी कुनै प्रमाण नभेटिएपछि नगरपालिकाले लाखौंको बजेटमा जडान गरेको उक्त क्यामराप्रति नगरपालिकाले निकै आलोचना खेप्नु परेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/04 ट्राफिक व्यवस्थापन नहुँदा नगर अस्तव्यस्त
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ