News Category 2081/08/27
अनुगमनका क्रममा सिसि क्यामराको तार काटिएको भेटियो
दैनिक समाचारदाता
राजविराज, २७ मंसिर ।
राजविराज नगरपालिकाले नगरक्षेत्र भित्रको सुरक्षालाई मध्यनजर गर्दै गत वर्ष मुख्य बजार क्षेत्रमा जडान गरेको सिसि क्यामराको तार काटिएको अवस्थामा भेटाएको छ ।
बिहीबार राजविराज नगरपालिकाका कार्यवाहक नगरप्रमुख इसरत परविनको नेतृत्वमा गरिएको अनुगमनका क्रममा क्यामराको तार काटिएको अवस्थामा भेटिएको हो ।
राजबिराज नगरपालिका रोडसहित बजारको विभिन्न ठाँउमा जडान गरिएको उक्त क्यामराहरुको तार काटिएको पाइएकोले त्यसलाई निगरानीका लागि प्रहरी उपरिक्षक ढकेन्द्र खतिवडाले आफ्ना गस्ती टोलीलाई क्यामरा निगरानी गर्न कडा निर्देशन दिएको उनले बताइन् ।
नगरपालिकाले राजविराजस्थित गजेन्द्र चौक, नेता चौक, राममन्दिर, अदालत रोड र रुपनी बसस्टेण्ट र पानीटंकी रोड सहितका क्षेत्रमा निगरानी गर्न सिसि क्यामरा जडान गरेको हो ।
गत आर्थिक बर्षको नगरसभाले विनियोजन गरेको ५० लाख बजेटबाट राजविराज नगरक्षेत्र भित्र एक सय २३ थान क्यामरा जडान गरिएको थियो ।
एक साता अघि मात्र अस्पतालका एक कर्मचारीको शव नगरपालिका कार्यालय छेउमै रहेको जिल्ला खेलकुद विकास समितिको परिसरमा झुण्डिएको अवस्थामा फेला परेको थियो ।
सिसि क्यामरामा उक्त घटना सम्बन्धी कुनै प्रमाण नभेटिएपछि नगरपालिकाले लाखौंको बजेटमा जडान गरेको उक्त क्यामराप्रति नगरपालिकाले निकै आलोचना खेप्नु परेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ