News Category 2081/08/27
आज पत्रकार महासंघको निर्वाचन हुँदै, सप्तरी शाखामा चार जना निर्विरोध, अध्यक्षमा देव र यादव भिड्दै
दैनिक समाचारदाता
राजविराज, २७ मंसिर ।
नेपाल पत्रकार महासंघको आज केन्द्र, प्रदेश र जिल्लामा गरि तीनै तहमा निर्वाचन हुँदैछ । जसअन्तरगत नेपाल पत्रकार महासंघ सप्तरीमा चार जना उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् ।
बुधबार विभिन्न पदमा उम्मेदवारी परेपछी बिहीबार दाबी बिरोध पश्चात् उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएको निर्वाचन संयोजक बैजनाथ झाले जानकारी दिएका छन् ।
उनका अनुसार सप्तरी शाखामा महिला सदस्य रक्षा चौधरी, आदिवासी जनजाती सदस्यमा बृजमान तामाङ, दलित सदस्यमा किशोर पासवान र केन्द्रिय परिषद् सदस्य महिलामा ढमला भट्राई निर्विरोध निर्वाचित भएका हुन् ।
सप्तरी शाखाकाको नयाँ कार्य समितिका लागि नेपाल प्रेस युनियन, प्रेस चौतारी नेपाल र समाजवादी प्रेस संगठनको संयुक्त प्यानल तथा प्रेस सेन्टर र प्रेस मञ्चको संयुक्त प्यानलबाट उम्मेदवारी परेको छ ।
प्रेस युनियन सहितको संयुक्त प्यानलबाट अध्यक्षमा श्रवण कुमार देव, उपाध्यक्ष अनिल कुमार पोखरेल, उपाध्यक्ष महिला सुधा देव, सचिव खगेन्द्र कार्की, सहसचिव कृष्णकुमार मण्डल धानुक, सहसचिव समावेशी डम्बर राई, कोषाध्यक्ष नविन कुमार गुप्ता, सदस्य महिलामा रक्षा चौधरी, सदस्य दलितमा किशोर कुमार पासवान, मधेशी सदस्यमा अरुण कुमार यादव, सदस्य अन्य समावेशी परिष कुमार कर्ण, सदस्य खुल्लामा क्रमशः नर्मदेव यादव, शिव आचार्य, उत्तम आचार्य र रामनाराण यादवले उम्मेदवारी दर्ता गराएका हुन् ।
देव यस अघिको निर्वाचनबाट प्रेस युनियन सहितको प्यानलबाट अध्यक्षमा निर्वाचित भई महासंघ सप्तरीको नेतृत्व गर्दै आएका छन् । यसै गरि सोही प्यानलबाट केन्द्रिय सतिश कुमार दत्त र मनोजकुमार माझी र प्रदेश परिषद सदस्यहरुमा अरुण कुमार तिवारी, नरेश कुमार चौधरी, शैलेन्द्र झा, लोकेन्द्र प्रसाद यादव, पवन कुमार मिश्र, गणेशलाल देवले उम्मेदवारी उम्म्ेदवारी दिएका हुन् । यसै समूहबाट महिला सदस्य, दलित सदस्य र केन्द्रिय परिषद् महिला सदस्य निर्वाचित भएका हुन् ।
यस्तै प्रेस सेन्टर र प्रेस मञ्चको प्यानलबाट अध्यक्षमा वैद्यनाथ यादव, उपाध्यक्ष रामनारायण विश्वास, उपाध्यक्ष महिला मन्जु यादव, सचिव जितेन्द्र कुमार झा, सह सचिव दिनानाथ यादव, सह सचिव समावेशी विद्यानन्द राम, कोषाध्यक्ष गोपाल प्रसाद गुप्ता, सदस्य आदिवासी जनजाती बृजमान तामाङ्ग, सदस्य मधेशी कृष्णदेव यादव, सदस्य अन्य समावेशी भुषण कुमार सिंह, सदस्य खुल्लामा क्रमशः धर्मपाल राउत, विन्दू कुमार यादव, राजेन्द्र कुमार मिश्र र गंगा प्रसाद साह रहेका छन् ।
यादव यस अघिको निर्वाचनमा प्रेस मञ्चकै प्यानलबाट उपाध्यक्षमा निर्वाचित भई महासंघ सप्तरीको कार्यसमितिमा छन् ।
यसैगरि केन्द्रिय परिषद सदस्यहरुमा देवराम यादव, सुमन कुमार मिश्र छन् भने प्रदेश परिषद सदस्यहरुमा भुपेन्द्र प्रसाद मण्डल, आनन्द मोहन शर्मा, महेन्द्र प्रसाद मण्डलले उम्मेदवारी दर्ता गराएका छन् ।
यसै समूहबाट सदस्य आदिवासी जनजातीमा बृजमान तामाङ्ग पनि निर्विरोध निर्वाचित भएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
- 2082/10/14 नेपालकै पुरानो चन्द्रनहरको ३२ स्थानमा पुनर्निमाण कार्य सकाएर जापानद्वारा नेपाललाई हस्तान्तरण
- 2082/10/14 एकै रात प्रहरीका घरदेखि साईकल मरम्मतका पसल सम्म चोरी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ