News Category 2081/08/30
मुस्लिम समुदायका अगुवाहरूको सहभागितामा संवाद कार्यक्रम सम्पन्न

दैनिक समाचारदाता
राजविराज, ३० मंसिर ।
सिरहा र सप्तरीका मुस्लिम समुदायका अगुवाहरूको सहभागितामा दुईदिने संवाद कार्यक्रम कञ्चनरुपमा सम्पन्न भएको छ ।
दलित सरोकार मञ्च नेपालले इन्टरनेशनल आइडियाको सहकार्यमा आयोजना गरेको कार्यक्रमको मुख्य उद्देश्य मुस्लिम समुदायभित्रका शिक्षा, रोजगारी, महिला सशक्तीकरण, र सरकारी योजनासम्बन्धी विविध समस्या पहिचान गर्दै समाधानका उपाय तय गर्नु रहेको आयोजकले जनाएको छ ।
कार्यक्रममा दलित सरोकार मञ्च नेपालका कार्यकारी निर्देशक भोला पासवानले तथ्यांक प्रस्तुत गर्दै मुस्लिम समुदायको सरकारी निकायमा न्यून प्रतिनिधित्वको विषयमा प्रकाश पारे । उनका अनुसार नेपालमा मुस्लिम समुदायको जनसंख्या २०७८ को जनगणना अनुसार ४.८६% भए पनि निजामती सेवामा ३१४ जना मात्र छन् । यस्तै, जनपद प्रहरीमा ३२१ जना र सशस्त्र प्रहरीमा १६५ जना मात्र मुस्लिम कर्मचारी छन् । प्रतिनिधिसभा र प्रदेश सभामा समेत मुस्लिम समुदायको प्रतिनिधित्व जनसंख्याको अनुपातमा निकै कम रहेको उनले बताए ।
कार्यक्रममा सहभागीहरूले समुदायमा मदरसा शिक्षा र आधुनिक शिक्षा प्रणालीलाई एकीकृत गर्दै पाठ्यक्रममा सुधार ल्याउनुपर्ने आवश्यकता औंल्याए । मदरसा बोर्ड गठन गरी भौतिक पूर्वाधारको व्यवस्थापन र शिक्षण दरबन्दी सुधार गर्नुपर्नेमा उनीहरूले जोड दिए । महिला मदरसामा समान शिक्षा लागू गर्दै, महिलालाई धार्मिक शिक्षा र आधुनिक शिक्षामा सहभागी गराउनुपर्ने धारणा राखियो। साथै, मुस्लिम विश्वविद्यालय स्थापनाका लागि प्रयास गर्नुपर्ने माग पनि गरिएको थियो ।
महिला सशक्तीकरणको सवालमा सहभागीहरूले उच्च शिक्षा र लघु उद्यम विकासमा महिलाहरूको सहभागिता बढाउनुपर्ने बताए । महिला हिंसा, बालविवाह, तलाक, र दाइजो प्रथाविरुद्ध सचेतना कार्यक्रम सञ्चालन गर्नुपर्नेमा उनीहरूले जोड दिए। छोरी बचाऊ, छोरी पढाऊ अभियानलाई प्रभावकारी बनाउनुपर्ने र मुस्लिम समुदायभित्र रहेको जातीय विभेद अन्त्यका लागि सामाजिक सुधार कार्यक्रमको आवश्यकता रहेको सहभागीहरूले बताए ।
रोजगारीका अवसर सिर्जना गर्न कृषि, माछापालन, बाख्रापालन, र सिलाई–बुनाईमा समुदायलाई आकर्षित गर्नुपर्ने प्रस्ताव गरियो । वैदेशिक रोजगारका अवसरलाई सहज बनाउन नीतिगत सुधार आवश्यक रहेको र स्थानीय स्तरमै साना उद्योगहरू स्थापना गर्नुपर्नेमा सहभागीहरूको सहमति थियो ।
सरकारी योजनाबारे मुस्लिम समुदायलाई जनचेतना फैलाउन र स्थानीय तहमार्फत महिलाका लागि विशेष कार्यक्रम सञ्चालन गर्नुपर्ने सुझाव पनि कार्यक्रममा प्रस्तुत गरियो । सरकारी सेवाहरू, प्रहरी, र राजनीतिक क्षेत्रमा मुस्लिम समुदायको प्रतिनिधित्व निकै न्यून रहेको निष्कर्षसहित समानुपातिक प्रणालीको प्रभावकारी कार्यान्वयनका लागि पहल गर्नुपर्ने माग गरिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
- 2082/06/15 छिन्नमस्ता मन्दिर परिसरमा सेनाद्वारा निर्मित शिव मन्दिरको उद्घाटन
- 2082/06/14 सप्तरीका धार्मिकस्थलमा भक्तजनको भीड
- 2082/06/17 सुख्खा तथा खडेरी प्रभावित किसानहरुलाई राहत उपलब्ध
- 2082/06/12 एकल महिलाको सहारा बन्दै जुही
- 2082/06/12 याडियाको स्कुटर सप्तरीको बजारमा
- 2082/06/10 आन्दोलनका क्रममा दलका पार्टी कार्यालय, नेता र जनप्रतिनिधिको निवासमा गरि एक करोडको क्षति
- 2082/06/10 संसद भवन बचाउने क्रममा गोली चलाएर गरिएको ठूलो नरसंहार उचित होइन ः महामन्त्री शर्मा
- 2082/06/08 जेनजी आन्दोलनका क्रममा सप्तरीका पालिका र सरकारी कार्यालयमा ७५ करोड भन्दा बढीको क्षती
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ