News Category 2081/09/01
दैनिक दुई उडानको तयारीमा राजविराज विमानस्थल
दैनिक समाचारदाता
राजविराज, १ पुस ।
राजविराज विमानस्थलबाट दैनिक दुई उडान हुने भएको छ । विगतमा दिउँसोको समयमा मात्र एउटा उडान हुँदै आएकोमा सोमबार रात्रीकालिन सेवाका लागि गरिएको परिक्षण उडान पश्चात् दैनिक दुई उडान केही दिनपछी गर्ने तयारी भएको छ ।
संघीय सरकारका पर्यटन मन्त्रि बद्री पाण्डे र मधेश प्रदेशका मुख्यमन्त्रि सतिश कुमार सिंहको उपस्थितिमा परिक्षण उडान गरिएको र लाइट सेटिङसहित भौतिक पूर्वाधार र प्राविधिक रुपमा उपयुक्त देखिएकाले अब यस विमानस्थलबाट दैनिक दुई उडान हुने भएको राजविराज विमानस्थलका प्रमुख ध्रुबकुमार श्रेष्ठले जानकारी दिए ।
यद्दपी रात्रीकालिन उडानलाई नियमित गर्न झण्डै एक महिना समय लाग्ने बुद्ध एयरका स्टेशन म्यानेजर अनिल राजबंशीले बताएका छन् । हवाई ट्राफिक व्यवस्थापन तथा अन्य केही प्रक्रियाहरु पुरा गर्न बाँकी रहेकाले कम्तिमा एक महिना समय लाग्ने उनको भनाई छ ।
बि.स. २०१६ सालमा तत्कालिन उद्योग मन्त्री गणेशमान सिंहद्वारा उद्घाटन गरिएको राजविराज विमानस्थलबाट विमानस्थलको धावन मार्ग कालोपत्रे गर्ने कार्यमा ढिलाई हुँदा लामो पखाईपछी उडान सेवा संचालन भएको थियो ।
सुरुमा श्रीएयारलायन्स विमानले २०७५ सालदेखी साताको तीन दिन उडान सेवा संचालन गरेपनि यात्रुको अभाव देखाई सेवामा कटौती गरेको थियो । त्यसपछी पटक पटक हवाई सेवा संचालन र बन्द हुने क्रम चलेको थियो ।
पहिलो रात्रीकालिन उडानमा राजविराजबाट उक्त विमान चढी संघीय सरकारका पर्यटन मन्त्रि बद्री पाण्डे पनि काठमाडौं प्रस्थान गर्ने बुद्ध एयरलायन्सका स्टेशन म्यानेजर राजबंशीले जानकारी दिए ।
उक्त विमानस्थलबाट २०७६ माघ १८ गतेदेखी बुद्ध एयरको जहाजले दैनिक दिउँसोको समयमा एक पटक उडान गर्दै आएको छ । हाल यात्रुको चाप बढ्दै गएको तर एउटै उडानका कारण सप्तरी र आसपासका यात्रुलाई असुविधा भइरहेको गुनासो बढ्दै गएपछी यहाँका जनप्रतिनिधिहरुको पहलमा दैनिक दुई उडान सेवा सम्भव भएको बताइएको छ ।
राजविराज विमानस्थल सप्तरीको मात्र नभई सुनसरी, उदयपुर, सिरहाका साथै सीमावर्ती भारतीय क्षेत्रका यात्रुका लागि समेत सहज र महत्वपूर्ण भएकाले दुई वटा उडान संचालन हुने खबरले स्थानीयवासी खुशी भएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/09 लामखुट्टे नियन्त्रणका लागि औषधि छर्किने बारे नगरपालिका र प्रशासन कार्यालयमा ज्ञापन
- 2082/12/09 सेनाले मनाए वार्षिकोत्सव
- 2082/12/09 भन्सार छलेका मोटरसाइकलसहित किराना सामान भन्सार बुझाइयो
- 2082/12/09 राजविराज जेसीजलाई “संकल्प टु सक्सेस अवार्ड”
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
- 2082/12/06 दुई बाल श्रमिकसहित २३ जना कामदारको उद्दार
- 2082/12/06 दुःखमोेचन आश्रममा भगवानको दिब्य प्रतिमा स्थापनाको तयारी
- 2082/12/06 श्रोत नखुलेको २० लाख नेपाली रुपैयाँसहित एक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ