News Category 2081/09/02
चार महिलासहित २१ जना फरार प्रतिवादी पक्राउ
दैनिक समाचारदाता
राजविराज, २ पुस ।
जिल्ला प्रहरी कार्यालय सप्तरीले दुई दिनको अवधीमा १७ पुरुष र चार महिलासहित २१ जना फरार प्रतिवादी पक्राउ गर्न सफल भएको छ ।
२०८१ पुस १ र २ गरि दुई दिन भित्र जिल्ला प्रहरी कार्यालय तथा मातहत प्रहरी कार्यालयहरुबाट खटेको प्रहरी टोलीले अदालतबाट विभिन्न मुद्दामा फैसला भई कैद तथा जरिवाना भुक्तान बाँकी रहेका ती २१ फरार प्रतिवादी पक्राउ गरेको हो ।
उनीहरुबाट २ वर्ष १ महिना कैद सजाय र ६० हजार ७ सय २५ रुपैयाँ जरिवाना असुल गर्न बाँकी रहेको प्रहरी उपरिक्षक ढकेन्द्र खतिवडाले बताए । पक्राउ परेका मध्ये सबै भन्दा बढी डाका र कुटपिट मुद्दाका चार÷चार जना छन् । गाली बेइज्जत र कुटपिटका तीन, तथा कुटपिट र लुटपिट र चौपाया चोरी कसुरका दुई÷दुई जना छन् ।
यस्तै अपराधिक उपद्रव, कुटपिट अंगभंग, मुद्दा सम्बन्धि, चेक अनादार र गर्भपतन मुद्दाका एक एक जना छन् । पक्राउ परेका मध्ये कुटपिटमा एक तथा गाली बेइज्जत र कुटपिट अंगभंगका ३ गरी ४ जना महिला छन् ।
अपराध घटनाको अनुसन्धान तथा अदालतको फैसला कार्यान्वयन गर्ने क्रममा फरार भई लुकिछिपी बसेकाहरु उपर सुराकी र निगरानी बढाए सँगै धमाधम फरार प्रतिवादी पक्राउ पर्न थालेको प्रहरी उपरीक्षक खतिवडाको भनाई छ । चालु आ.व.को हालसम्म १ सय ५१ जना फरार प्रतिवादीलाई पक्राउ गरिसकेको सप्तरी प्रहरीको तथ्याङ्कले देखाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/04 ट्राफिक व्यवस्थापन नहुँदा नगर अस्तव्यस्त
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ