News Category 2081/09/02
चार महिलासहित २१ जना फरार प्रतिवादी पक्राउ
दैनिक समाचारदाता
राजविराज, २ पुस ।
जिल्ला प्रहरी कार्यालय सप्तरीले दुई दिनको अवधीमा १७ पुरुष र चार महिलासहित २१ जना फरार प्रतिवादी पक्राउ गर्न सफल भएको छ ।
२०८१ पुस १ र २ गरि दुई दिन भित्र जिल्ला प्रहरी कार्यालय तथा मातहत प्रहरी कार्यालयहरुबाट खटेको प्रहरी टोलीले अदालतबाट विभिन्न मुद्दामा फैसला भई कैद तथा जरिवाना भुक्तान बाँकी रहेका ती २१ फरार प्रतिवादी पक्राउ गरेको हो ।
उनीहरुबाट २ वर्ष १ महिना कैद सजाय र ६० हजार ७ सय २५ रुपैयाँ जरिवाना असुल गर्न बाँकी रहेको प्रहरी उपरिक्षक ढकेन्द्र खतिवडाले बताए । पक्राउ परेका मध्ये सबै भन्दा बढी डाका र कुटपिट मुद्दाका चार÷चार जना छन् । गाली बेइज्जत र कुटपिटका तीन, तथा कुटपिट र लुटपिट र चौपाया चोरी कसुरका दुई÷दुई जना छन् ।
यस्तै अपराधिक उपद्रव, कुटपिट अंगभंग, मुद्दा सम्बन्धि, चेक अनादार र गर्भपतन मुद्दाका एक एक जना छन् । पक्राउ परेका मध्ये कुटपिटमा एक तथा गाली बेइज्जत र कुटपिट अंगभंगका ३ गरी ४ जना महिला छन् ।
अपराध घटनाको अनुसन्धान तथा अदालतको फैसला कार्यान्वयन गर्ने क्रममा फरार भई लुकिछिपी बसेकाहरु उपर सुराकी र निगरानी बढाए सँगै धमाधम फरार प्रतिवादी पक्राउ पर्न थालेको प्रहरी उपरीक्षक खतिवडाको भनाई छ । चालु आ.व.को हालसम्म १ सय ५१ जना फरार प्रतिवादीलाई पक्राउ गरिसकेको सप्तरी प्रहरीको तथ्याङ्कले देखाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ