News Category 2081/09/02
रथयात्राको भब्य तयारी हुँदै
दैनिक समाचारदाता
राजविराज, २ पुस ।
पुस १३ गते शनिवार विहान श्रीजगन्नाथ रथयात्रा निकालिने भएको छ । यस सम्बन्धी मंगलबार पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिइएको छ ।
तेश्रो संस्करणको रथयात्रा राजविराज ७ स्थित लक्ष्मी नारायण राधाकृष्ण मन्दिरबाट निस्किएर बजार परिक्रमा गर्दै पुनः मन्दिरमा नै पुगेर समापन हुने पत्रकार सम्मेलनमा आयोजक समितिका अध्यक्ष हितेश यादवले जानकारी दिए ।
श्रीमद्भागवत कथा एवं जगन्नाथ रथयात्रा २०८१ का मुल आयोजक श्रीकृष्णभक्त मंडल सप्तरी तथा इस्कान राजविराजले विगत तीन वर्ष देखी राजविराजमा निकालिने जगन्नाथ रथयात्रामा हजारौ भक्तजनको सहभागिता हुने गरेको छ ।
श्रीकृष्णभक्त मंडल र इस्कान नामक धार्मिक संस्थाले लक्ष्मी नारायण राधाकृष्ण मन्दिर समितीको समन्वयमा रथयात्रा महोत्सवको रुपमा मनाउन थालेको हो ।
विगत भन्दा फरक र अझ भब्यरुपमा रथयात्रा निकाल्ने तयारी भएको सो अवसरमा कोषाअध्यक्ष दिपक भगतले जानकारी गराए । रथयात्रा व्यवस्थापन समितिका संयोजक अमित नायकले रथयात्रामा राजविराज आसपासका पालिका सहित सीमावर्ती भारतीय बजारबाट पनि ठूलो संख्यामा भक्तजन आउने अपेक्षा गरिएको बताए ।
गत वर्ष १५ हजारको सहभागिता रहेकोमा यस पल्ट त्यसको दोब्बर ३० हजार देखी ३२ हजार सम्म भक्तजनको सहभागिता हुने अपेक्षा गरिएको उनको भनाई थियो ।
रथयात्रा अघि पुष ५ गते शुक्रवार कलश यात्रा र प्रसिद्ध कथाबाचक रामानुज दासजी महाराजद्वारा श्रीमदभागवत कथावाचन कार्यक्रम प्रारम्भ हुने श्रीलक्ष्मी नारायण राधाकृष्ण मन्दिरका मूलपुजारी रत्नेश्वर झाले बताए ।
यस्तै पुष ११ गते विहीवार कथा विराम र पुष १३ गते शनीवार रथयात्रा तथा महापं्रसाद वितरण को कार्यक्रम तय भएको पत्रकार सम्मेलनमा भागवत कथा आयोजन समितिका संयोजक निरज प्रसाद साहले जानकारी दिए । पत्रकार सम्मेलनमा वडासदस्य रामानन्द देव, समाजसेवी विरेन्द्र गुप्ता, किशोर कुमार यादव केसी लगायतले पनि कार्यक्रमको महत्व र तयारी बारे जानकारी गराएका थिए । भगवान सवार रथयात्राको दर्शन गरेमा वा रथयात्राको डोरी छोएमा मात्रै पनि मनोकाँक्षा पुरा हुने विश्वास रहेकोले प्रत्येक वर्ष रथयात्रामा सहभागी हुने भक्तजनको संख्या बढदै गएको आयोजकको भनाई छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/09 लामखुट्टे नियन्त्रणका लागि औषधि छर्किने बारे नगरपालिका र प्रशासन कार्यालयमा ज्ञापन
- 2082/12/09 सेनाले मनाए वार्षिकोत्सव
- 2082/12/09 भन्सार छलेका मोटरसाइकलसहित किराना सामान भन्सार बुझाइयो
- 2082/12/09 राजविराज जेसीजलाई “संकल्प टु सक्सेस अवार्ड”
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
- 2082/12/06 दुई बाल श्रमिकसहित २३ जना कामदारको उद्दार
- 2082/12/06 दुःखमोेचन आश्रममा भगवानको दिब्य प्रतिमा स्थापनाको तयारी
- 2082/12/06 श्रोत नखुलेको २० लाख नेपाली रुपैयाँसहित एक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ