News Category 2081/09/03
छिमेकीद्वारा आमा छोरीसहित तीन महिलामाथि कुटपिट
दैनिक समाचारदाता
राजविराज, ३ पुस ।
सप्तरीको रुपनी गाउँपालिका वडा नं. २ बस्ने आमा छोरीसहित तीन महिलामाथि छिमेकीबाट निर्घात कुटपिट गरिएको छ ।
कुटपिटबाट घाइते हुनेहरुमा गीता देवी साह, रामदुलारी साह र मन्जु कुमारी साह छन् । तीनै जनाको अहिले गजेन्द्र नारायण सिंह अस्पतालको आकस्मिक कक्षमा उपचार भइरहेको छ । राम दुलारी र मन्जु आमा छोरी हुन् ।
गीता देवीको खुट्टा भाँचिएको छ भने रामदुलारी र मन्जुको टाउको, छाती लगायत शरीरको विभिन्न भागमा काटेको घाउ छ ।
अस्पतालको बेडमा छटपटाइरहेकी घाइते महिलाहरुले अघिल्लो राती ८ बजेतिर छिमेकी गजेन्द्र नारायण सिंह, उदित नारायण मण्डल र शिवशंकर मण्डलले कुटपिट गर्दै यस्तो अवस्थामा पु¥याएको बताएकी छिन् ।
घाइते मध्येकी गीता देवीले आफु घरमा एक्लै रहेको अवस्थामा पुगेका गजेन्द्र, उदित र शिवशंकरले गलत मनसायले शरीरको लुगा च्यातेर लछारपछार गर्दै बाहिर निकाल्ने प्रयास गरेको बताइन । आफुले प्रतिवाद गर्दै होहल्ला गरेपछि बचाउन आएकी छिमेकी रामदुलारी र मन्जु (आमाछोरी) माथि समेत उनीहरुले चिरपट तथा मुक्का प्रहार गरी घाइते बनाएको उनको कथन छ ।
अनुहार र टाउकोमा गम्भिर चोट लागेका मन्जुले गीतालाई बचाउन जाँदा मादकपदार्थ सेवन गरेका उक्त समूहले आफु र आमामाथि समेत आक्रमण सुरु गरेको बताइन ।
गिताका श्रीमान शिवलालले पत्नीको बलात्कारको प्रयास गरिएको र प्रतिवाद गर्दा निर्घात कुटपिट गरिएको दावी गरेका छन् । उनले उक्त घटनाबारे प्रहरीमा मौखिक जानकारी गराइसकिएको तथा कसुर गर्ने व्यक्तिहरुउपर बिहीवार जिल्ला प्रहरी कार्यालय सप्तरीमा कारवाहीका लागि किटानी जाहेरी दिने बताएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/04 ट्राफिक व्यवस्थापन नहुँदा नगर अस्तव्यस्त
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ