News Category 2081/09/03
छिमेकीद्वारा आमा छोरीसहित तीन महिलामाथि कुटपिट

दैनिक समाचारदाता
राजविराज, ३ पुस ।
सप्तरीको रुपनी गाउँपालिका वडा नं. २ बस्ने आमा छोरीसहित तीन महिलामाथि छिमेकीबाट निर्घात कुटपिट गरिएको छ ।
कुटपिटबाट घाइते हुनेहरुमा गीता देवी साह, रामदुलारी साह र मन्जु कुमारी साह छन् । तीनै जनाको अहिले गजेन्द्र नारायण सिंह अस्पतालको आकस्मिक कक्षमा उपचार भइरहेको छ । राम दुलारी र मन्जु आमा छोरी हुन् ।
गीता देवीको खुट्टा भाँचिएको छ भने रामदुलारी र मन्जुको टाउको, छाती लगायत शरीरको विभिन्न भागमा काटेको घाउ छ ।
अस्पतालको बेडमा छटपटाइरहेकी घाइते महिलाहरुले अघिल्लो राती ८ बजेतिर छिमेकी गजेन्द्र नारायण सिंह, उदित नारायण मण्डल र शिवशंकर मण्डलले कुटपिट गर्दै यस्तो अवस्थामा पु¥याएको बताएकी छिन् ।
घाइते मध्येकी गीता देवीले आफु घरमा एक्लै रहेको अवस्थामा पुगेका गजेन्द्र, उदित र शिवशंकरले गलत मनसायले शरीरको लुगा च्यातेर लछारपछार गर्दै बाहिर निकाल्ने प्रयास गरेको बताइन । आफुले प्रतिवाद गर्दै होहल्ला गरेपछि बचाउन आएकी छिमेकी रामदुलारी र मन्जु (आमाछोरी) माथि समेत उनीहरुले चिरपट तथा मुक्का प्रहार गरी घाइते बनाएको उनको कथन छ ।
अनुहार र टाउकोमा गम्भिर चोट लागेका मन्जुले गीतालाई बचाउन जाँदा मादकपदार्थ सेवन गरेका उक्त समूहले आफु र आमामाथि समेत आक्रमण सुरु गरेको बताइन ।
गिताका श्रीमान शिवलालले पत्नीको बलात्कारको प्रयास गरिएको र प्रतिवाद गर्दा निर्घात कुटपिट गरिएको दावी गरेका छन् । उनले उक्त घटनाबारे प्रहरीमा मौखिक जानकारी गराइसकिएको तथा कसुर गर्ने व्यक्तिहरुउपर बिहीवार जिल्ला प्रहरी कार्यालय सप्तरीमा कारवाहीका लागि किटानी जाहेरी दिने बताएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
- 2082/06/15 छिन्नमस्ता मन्दिर परिसरमा सेनाद्वारा निर्मित शिव मन्दिरको उद्घाटन
- 2082/06/14 सप्तरीका धार्मिकस्थलमा भक्तजनको भीड
- 2082/06/17 सुख्खा तथा खडेरी प्रभावित किसानहरुलाई राहत उपलब्ध
- 2082/06/12 एकल महिलाको सहारा बन्दै जुही
- 2082/06/12 याडियाको स्कुटर सप्तरीको बजारमा
- 2082/06/10 आन्दोलनका क्रममा दलका पार्टी कार्यालय, नेता र जनप्रतिनिधिको निवासमा गरि एक करोडको क्षति
- 2082/06/10 संसद भवन बचाउने क्रममा गोली चलाएर गरिएको ठूलो नरसंहार उचित होइन ः महामन्त्री शर्मा
- 2082/06/08 जेनजी आन्दोलनका क्रममा सप्तरीका पालिका र सरकारी कार्यालयमा ७५ करोड भन्दा बढीको क्षती
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ