News Category 2081/09/04
एक दर्जन नेपाली भारतमा सम्मानित
दैनिक समाचारदाता
राजविराज, ४ पुस ।
नेपालमा मानव अधिकार तथा महिला सशक्तीकरण लगायतका क्षेत्रमा उल्लेख्यनीय काम गरेवापत एक दर्जन नेपाली भारतमा सम्मानित भएका छन । सम्मानित हुनेहरुमा पूर्व सांसददेखि वर्तमान मेयरसम्म छन ।
भारतको राजधानी दिल्लीमा ७५ औं अन्तराष्ट्रिय मानव अधिकार दिवसको अवसर पारेर ह्युुुुुुुुुुुुुुुुुुुुुमन राईट प्रोटक्सन फोरमले एक कार्यक्रमको आयोजना गरी मानव अधिकार, महिला सशक्तीकरण तथा समाजिक न्याय लगायतका क्षेत्रमा योगदान गरेवापत १२ जना नेपालीलाई सम्मान गरेको हो ।
सम्मानित हुनेहरुमा मधेश प्रदेशका निर्वतमान साँसद नेत्रविक्रम साह, जनकपृुर उपमहानगरपालिकाका मेयर मनोज साह, तराई मधेश महिला फाउन्डेसन नेपालकी अध्यक्ष सुनिता साह “क्रान्ति”, डा उपेन्द्र साह, अनवर अली, प्रमोद शर्मा छन ।
यस्तै बालकिसुन साह, शिव नारायण मेहता, मिश्रीलाल मधुकर, सुनिता कलवार, उमा कुमारी साह र शोभा साह पनि सम्मानित भएका छन ।
कार्यक्रमका प्रमुख अतिथी ह्युमन राईट प्रोटेक्सन फोरम आसामका अध्यक्ष महानन्द सरकार दत्तले उनीहरुलाई “मानव अधिकार इन्टरनेशनल अवार्ड”बाट सम्मानित गरेका छन ।
सो अवसरमा ह्युमन राईट प्रोटेक्सन फोरमका राष्ट्रिय कार्यकारी अध्यक्ष डा.काशीराम पैठाणेको विशेष उपस्थिती रहेको थियो । भारतीय ह्युमन राईट प्रोटेक्सन फोरमले विगत २ दशक देखी मानव अधिकार, महिला सशक्तीकरण तथा समाजिक न्यायका लागी योगदान पु¥याउनेहरुलाई पुरस्कृत गर्दै आईरहेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/04 ट्राफिक व्यवस्थापन नहुँदा नगर अस्तव्यस्त
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ