News Category 2081/09/04
जनमतको अगुवाई कृषि औजारसहित मलखाद माग्दै किसान उत्रे सडकमा

दैनिक समाचारदाता
राजविराज, ४ पुस ।
जनमत पार्टीको अगुवाईमा सप्तरीका किसानहरु कृषि औजारसहित सडक उत्रेका छन ।
जनमत पार्टी संसदीय दलका नेता समेत रहेका प्रदेश सांसद महेश प्रसाद यादव उपस्थितिमा विहीवार जनमत पार्टी सप्तरीको अगुवाईमा किसानहरु राजविराजको सडकमा उत्रेका हुन ।
मलको चरम अभाव खेप्दै आएका किसानहरुले खेतीपातीको समयमा पनि मलखाद्य नपाउँदा समस्या भएको भन्दै पटक÷पटक सम्बन्धित निकायमा लिखित र मौखिक रुपमा ध्यानाकर्षण गराउँदा पनि कुनै सुनवाई नभएकाले बाध्य भई सडक संघर्षमा उत्रनु परेको प्रदेश सांसद यादवले बताए ।
स्थानीय राजरंगशालाबाट गोरुगाडा, हलो, मलको खाली बोरा लगायत सरसमानसहित हजारौको संख्यामा निस्केको किसानहरुको जुलुश “मलखाद्यको व्यवस्था गर, किसानको समस्या समाधान गर, कालोबजारी बन्द गर, पर्याप्त मल किन वा किन्न देऊ, कालोबजारी गर्नेहरुलाई कारावाही गर” लगायतका नारा लगाउदै बजार क्षेत्र परिक्रमा गरेको थियो ।
बजार परिक्रमा पश्चात शहिद दशन चौकमा जनमत पार्टीका जिल्ला इन्र्चाज रामगमन साहको अध्यक्षतामा आयोजित विरोध सभामा प्रदेश सांसद महेश प्रसाद यादव, हनुमाननगर कंकालिनी नगरपालिका मेयर बिरेन्द्र माझी, बलान विहुल गाउँपालिकाका अध्यक्ष खेमचन्द्र यादव लगायतले वर्षेनी उत्पन्न हुने मलखाद्य अभावको समस्याको स्थायी समाधान नखोजिए आन्दोलनको आँधीबेरी सिर्जना गर्ने चेतावनी दिएका थिए ।
सप्तरीमा कुल ७० हजार हेक्टर खेती योग्य जग्गा छ । तर मलखादको अभावमा आधी जग्गामा पनि खेतीपाती गर्न कठिन भएको किसानहरुको गुनासो छ ।
मलखाद वितरण गर्ने काम साल्ट ट्रेडिङ कर्पाेरेशन लिमिटेड र कृषि सामग्री कम्पनीले गर्ने गरे पनि ती दुबै निकायमा अहिले माग अनुसारको मलखाद नहुदा समस्या भएको हो । मलखाद विनाको खेतीले उत्पादन राम्रो दिन्न, प्रर्दशनमा सहभागी किसान विजुली सरदारले भने– बर्षेनी रसायनिक मलको प्रयोग गरेको खेतलाई त्यही मल नै चाहिन्छ, तर बजारमा चरम अभाव छ ।”
सरकारले यसको स्थायी समाधान खोज्न नसकेकोमा आक्रोशित बनेका किसानहरुले अविलम्ब मलखाद्यको व्यवस्था गर्न माग गरेका छन ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/01/21 लालपुर्जा माग्दै नापी कार्यालयमा घेराउ र धर्ना
- 2082/01/21 महायज्ञको मुख्यमन्त्री सिंहले गरे शुभारम्भ
- 2082/01/21 बैशाख २३ र जेठ २८ गते मधेशमा सार्वजनिक बिदा
- 2082/01/21 महिलालाई आत्मनिर्भर बनाउने प्रयास
- 2082/01/19 आन्दोलित नगरवासीद्वारा हस्ताक्षर संकलन अभियान सुरु
- 2082/01/19 रोकिराखेको टिपरमा मोटरसाइकल ठोकिदा चालकको मृत्यु
- 2082/01/18 संघर्ष समितिले नगरका चौक, पसल र घर घरमा कालो झण्डा झुण्ड्याए
- 2082/01/18 पर्यटन प्रवर्धन र विकासका लागि पर्यटन बोर्ड छिट्टै गठन हुँदैछ ः मन्त्री अली
- 2082/01/18 तीन वर्षभित्रै सुकुम्बासी, अव्यवस्थित बसोबासी समस्याको समाधान हुन्छ ः अध्यक्ष रिजाल
- 2082/01/18 जसपा केन्द्रिय सदस्य डा. बबीले पेस्तोल पड्काएपछी ...
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ