News Category 2081/09/04
जनमतको अगुवाई कृषि औजारसहित मलखाद माग्दै किसान उत्रे सडकमा
दैनिक समाचारदाता
राजविराज, ४ पुस ।
जनमत पार्टीको अगुवाईमा सप्तरीका किसानहरु कृषि औजारसहित सडक उत्रेका छन ।
जनमत पार्टी संसदीय दलका नेता समेत रहेका प्रदेश सांसद महेश प्रसाद यादव उपस्थितिमा विहीवार जनमत पार्टी सप्तरीको अगुवाईमा किसानहरु राजविराजको सडकमा उत्रेका हुन ।
मलको चरम अभाव खेप्दै आएका किसानहरुले खेतीपातीको समयमा पनि मलखाद्य नपाउँदा समस्या भएको भन्दै पटक÷पटक सम्बन्धित निकायमा लिखित र मौखिक रुपमा ध्यानाकर्षण गराउँदा पनि कुनै सुनवाई नभएकाले बाध्य भई सडक संघर्षमा उत्रनु परेको प्रदेश सांसद यादवले बताए ।
स्थानीय राजरंगशालाबाट गोरुगाडा, हलो, मलको खाली बोरा लगायत सरसमानसहित हजारौको संख्यामा निस्केको किसानहरुको जुलुश “मलखाद्यको व्यवस्था गर, किसानको समस्या समाधान गर, कालोबजारी बन्द गर, पर्याप्त मल किन वा किन्न देऊ, कालोबजारी गर्नेहरुलाई कारावाही गर” लगायतका नारा लगाउदै बजार क्षेत्र परिक्रमा गरेको थियो ।
बजार परिक्रमा पश्चात शहिद दशन चौकमा जनमत पार्टीका जिल्ला इन्र्चाज रामगमन साहको अध्यक्षतामा आयोजित विरोध सभामा प्रदेश सांसद महेश प्रसाद यादव, हनुमाननगर कंकालिनी नगरपालिका मेयर बिरेन्द्र माझी, बलान विहुल गाउँपालिकाका अध्यक्ष खेमचन्द्र यादव लगायतले वर्षेनी उत्पन्न हुने मलखाद्य अभावको समस्याको स्थायी समाधान नखोजिए आन्दोलनको आँधीबेरी सिर्जना गर्ने चेतावनी दिएका थिए ।
सप्तरीमा कुल ७० हजार हेक्टर खेती योग्य जग्गा छ । तर मलखादको अभावमा आधी जग्गामा पनि खेतीपाती गर्न कठिन भएको किसानहरुको गुनासो छ ।
मलखाद वितरण गर्ने काम साल्ट ट्रेडिङ कर्पाेरेशन लिमिटेड र कृषि सामग्री कम्पनीले गर्ने गरे पनि ती दुबै निकायमा अहिले माग अनुसारको मलखाद नहुदा समस्या भएको हो । मलखाद विनाको खेतीले उत्पादन राम्रो दिन्न, प्रर्दशनमा सहभागी किसान विजुली सरदारले भने– बर्षेनी रसायनिक मलको प्रयोग गरेको खेतलाई त्यही मल नै चाहिन्छ, तर बजारमा चरम अभाव छ ।”
सरकारले यसको स्थायी समाधान खोज्न नसकेकोमा आक्रोशित बनेका किसानहरुले अविलम्ब मलखाद्यको व्यवस्था गर्न माग गरेका छन ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/09 लामखुट्टे नियन्त्रणका लागि औषधि छर्किने बारे नगरपालिका र प्रशासन कार्यालयमा ज्ञापन
- 2082/12/09 सेनाले मनाए वार्षिकोत्सव
- 2082/12/09 भन्सार छलेका मोटरसाइकलसहित किराना सामान भन्सार बुझाइयो
- 2082/12/09 राजविराज जेसीजलाई “संकल्प टु सक्सेस अवार्ड”
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
- 2082/12/06 दुई बाल श्रमिकसहित २३ जना कामदारको उद्दार
- 2082/12/06 दुःखमोेचन आश्रममा भगवानको दिब्य प्रतिमा स्थापनाको तयारी
- 2082/12/06 श्रोत नखुलेको २० लाख नेपाली रुपैयाँसहित एक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ