News Category 2081/09/04
छोरीको हत्या र छोरा वेपत्ता पार्नेहरुमाथी कारवाहीको माग गर्दा चन्द्रदेवीलाई ज्यान मार्ने धम्की
दैनिक समाचारदाता
राजविराज, ४ पुस ।
सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नं. १ कविलासाकी ५५ वर्षिया चन्द्रदेवी साहले छोरीको हत्या र छोरा वेपत्ता पार्नेहरुमाथी कारवाहीको माग गर्दा ज्यान मार्ने धम्की आएको बताएकी छिन् ।
बिहीबार सदरमुकाम राजविराज आइपुगेकी उनले पत्रकार सम्मेलनको आयोजना गरि तीन वर्षअघि हत्या भएको १९ वर्षिया छोरी सन्तोषी र सोही समयदेखी वेपत्ता भएका १७ वर्षिय छोरा आशिषलाई वेपत्ता गराउनेहरुमाथी कारवाहीको माग गरेपछि सो धम्की आउन थालेको जानकारी गराइन् ।
विपक्षि आरोपीका आफन्तबाट आफूलाई ज्यान मार्ने धम्की आउन थालेको दुखेसो पोख्दै उनले गाउँमा बस्न असुरक्षित भएकोले गाउँमै सुरक्षित साथ बस्ने वातावरणका लागि पहल गरिदिन सबैसँग सहयोगको याचना समेत गरिन् ।
पत्रकार सम्मेलनमा चन्द्रदेवीले भनिन्–पक्राउ परेका साह र अन्य फरार प्रतिवादीका आफन्तबाट दिनहुँ जसो मुद्दा फिर्ता नलिए ज्यानै लिने धम्की आउन थालेको छ । प्रतिवादीा आफन्तहरु खेतमा, बजारमा र घरमा जहाँ पनि पुगेर मुद्दा फिर्ता नलिए, “तेरो अवस्था पनि छोरी सन्तोषी र छोरा आशिष जस्तै पारिदिन्छु” भन्दै धम्क्याउन थालेको उनले सुनाइन् ।
यसबारे इलाका प्रहरी कार्यालय कल्याणपुरमा पनि बिहीबार नै पुगेर प्रहरी अधिकारीहरुलाई जानकारी गराएको उनले बताइन् । कतैबाट सहयोग नपाए आफू गाउँ छोड्न बाध्य हुने उनको कथन छ ।
तीन वर्ष पुरानो घटनाका आरोपी मध्येका एक सोही वडाका धिरेन्द्र कुमार साहलाई १३ दिनअघि प्रहरीले पक्राउ गरिसकेको छ । पक्राउ परेका साह यही मंसिर १६ गते सम्पन्न उपनिर्वाचनमा जसपा नेपालबाट उम्मेदवार भई वडा अध्यक्ष पदमा निर्वाचित भएका थिए । पदभार ग्रहण गर्न नपाउँदै गत मंसिर २१ गते पक्राउ परेका थिए । साहलाई सप्तरी जिल्ला अदालतबाट १०÷१० दिन गरि दुई पल्ट म्याद थप गरि अनुसन्धान भइरहेको भनाई छ ।
साहमाथी अपहरण तथा शरीरबन्धक, जबरजस्तीकरणी, कर्तव्य ज्यान लगायतका मुद्दामा अनुसन्धान भइरहेको प्रहरी उपरिक्षक ढकेन्द्र खतिवडाको भनाई छ ।
२०७९ साल साउन १७ गते भएको सन्तोषीको अपहरण तथा शरीर बन्धक, जबरजस्तीकरणी, कर्तव्य ज्यान लगायतका अपराध गरेको साहसहित अन्य केही व्यक्ति माथी आरोप छ । अन्य आरोपीहरुको खोजिकार्य भइरहेको प्रहरीको भनाई छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/09 लामखुट्टे नियन्त्रणका लागि औषधि छर्किने बारे नगरपालिका र प्रशासन कार्यालयमा ज्ञापन
- 2082/12/09 सेनाले मनाए वार्षिकोत्सव
- 2082/12/09 भन्सार छलेका मोटरसाइकलसहित किराना सामान भन्सार बुझाइयो
- 2082/12/09 राजविराज जेसीजलाई “संकल्प टु सक्सेस अवार्ड”
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
- 2082/12/06 दुई बाल श्रमिकसहित २३ जना कामदारको उद्दार
- 2082/12/06 दुःखमोेचन आश्रममा भगवानको दिब्य प्रतिमा स्थापनाको तयारी
- 2082/12/06 श्रोत नखुलेको २० लाख नेपाली रुपैयाँसहित एक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ