News Category 2081/09/05
कारागारका कर्मचारी बलात्कारको आरोपमा पूर्पक्षका लागि कारागार चलान
दैनिक समाचारदाता
राजविराज, ५ पुस ।
राजविराज कारागारका एक कर्मचारी महिला बन्दीलाई बलात्कार गरेको आरोपमा शुक्रबार पूर्पक्षका लागि कारागार चलान भएका छन् ।
कारागारमा कैदीबन्दीको रेखदेखमा खटिएका कार्यालय सहयोगिको पदमा कार्यरत राजविराज नगरपालिका ८ का ३५ वर्षिय चन्दन भनिने चन्द्रनारायण यादव पूर्पक्षका लागि शुक्रबार कारागार चलान भएका हुन् ।
सप्तरी जिल्ला अदालतका न्यायाधीश तिलकबहादुर कार्कीको एकल इजलासले यादवलाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिइएको हो । उनीमाथी सोही कारागारमा बन्दी जिवन बिताइरहेकी ३० वर्षीया एक महिलालाई बलात्कार गरेको आरोप छ ।
कारागार चलान भएका यादव विगत १७ वर्षदेखी राजविराज कारागारमा कार्यालय सहयोगि पदमा कार्यरत रहेका थिए । पीडित भनिएकी महिलालाई हाल कारागार सरुवा भई उदयपुर कारागारमा बन्दी जिवन बिताइरहेकी छिन् ।
महिला कैदीबन्दीलाई कारागार कार्यालयको प्रशासनिक भवनस्थित बिजुलीघरभित्र लागी गत २०८० माघ ५ गते यादवले बलात्कार गरेको पीडित महिलाले प्रहरीमा दिएको उजुरीमा उल्लेख छ ।
पीडित महिला २०७६ साउनदेखी राजविराज कारागारमा कर्तव्य ज्यान तथा आत्महत्या दुरुत्साहन मुद्दामा कैद सजाय भुक्तान गर्दै आएकी थिइन् । सोही समयमा आफूसँग कार्यालय सहयोगि यादवले बलात्कार गरेको उनले दिएको उजुरीमा उल्लेख छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/04 ट्राफिक व्यवस्थापन नहुँदा नगर अस्तव्यस्त
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ