News Category 2081/09/06
जनज्योतीको १३औं साधारण सभा सम्पन्न, पत्रकार महासंघमा निर्वाचित पदाधिकारीलाई सम्मान

राजविराज÷जनज्योती कृषि सहकारी संस्था लिमिटेड राजविराज ९ मलेठले शनिबार आफ्नो १३ औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ ।
जिल्लाको अग्निसाइर कृष्णासवरण गाउँपालिकाको सितापुरस्थित होटल ग्रिन गार्डेनमा आयोजित साधारण सभामा संस्थाका अध्यक्ष विश्वनाथ मण्डलले अध्यक्षिय प्रतिवेदन प्रस्तुत गर्दै २०८१ कात्तिक मसान्तसम्ममा ८ सय ९ पुरुष र ७ सय १६ महिला गरि कुल १ हजार ५ सय २५ सदस्य रहेको जानकारी दिए ।
उनले संस्थाको कुल सम्पत्ति २०८०÷८१ सम्ममा १९ करोड ५५ लाख २० हजार ८ सय २१ रुँपैया ६० पैसा रहेको उल्लेख गर्दै १४ करोड ७३ लाख ११ हजार ३ सय २५ रुँपैया ५० पैसा कर्जा लगानी गरिएको प्रतिवेदनमा जनाएका छन् ।
संस्थाका अध्यक्ष विश्वनाथ मण्डलको अध्यक्षता तथा समाजसेवी भिमराज यादवको प्रमुख आतिथ्य आयोजित कार्यक्रममा अग्निसाइर कृष्णासवरण गाउँपालिकाका उपाध्यक्ष कल्पना चौधरी, पत्रकार महासंघ सप्तरीका अभ्यक्ष श्रवणकुमार देव, विभिन्न सहकारी संस्थाका अध्यक्ष प्रतिनिधि, राष्ट्रिय सहकारी बैंक जनकपुरका प्रमुख, राजविराजका प्रमुख लगायत संस्थाका शेयर सदस्यहरुको सहभागिता रहेको थियो ।
सोही अवसरमा संस्थाले नेपाल पत्रकार महासंघ सप्तरीको हालै सम्पन्न निर्वाचनमा निर्वाचित पदाधिकारीहरुलाई सम्मान गरेको छ । संस्थाका अध्यक्ष मण्डलले सम्पूर्ण पदाधिकारीहरुलाई प्रशंसा पत्र तथा गम्छा ओढाएर सम्मान गरे ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
- 2082/06/15 छिन्नमस्ता मन्दिर परिसरमा सेनाद्वारा निर्मित शिव मन्दिरको उद्घाटन
- 2082/06/14 सप्तरीका धार्मिकस्थलमा भक्तजनको भीड
- 2082/06/17 सुख्खा तथा खडेरी प्रभावित किसानहरुलाई राहत उपलब्ध
- 2082/06/12 एकल महिलाको सहारा बन्दै जुही
- 2082/06/12 याडियाको स्कुटर सप्तरीको बजारमा
- 2082/06/10 आन्दोलनका क्रममा दलका पार्टी कार्यालय, नेता र जनप्रतिनिधिको निवासमा गरि एक करोडको क्षति
- 2082/06/10 संसद भवन बचाउने क्रममा गोली चलाएर गरिएको ठूलो नरसंहार उचित होइन ः महामन्त्री शर्मा
- 2082/06/08 जेनजी आन्दोलनका क्रममा सप्तरीका पालिका र सरकारी कार्यालयमा ७५ करोड भन्दा बढीको क्षती
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ