News Category 2081/09/08
मदरसाका शिक्षक÷शिक्षिका आन्दोलित
दैनिक समाचारदाता
राजविराज, ७ पुस ।
मदरसामा कार्यरत शिक्षक÷शिक्षिकाहरु लामो समयदेखी पाउन नसकेको तलब तथा मनपरी ढंगले गरेको सरुवा बदरको माग गर्दै आन्दोलित भएका छन् ।
पीडित शिक्षक÷शिक्षकाहरु आइतबार राजविराजमा प्रदर्शनसहित प्रमुख जिल्ला अधिकारीमार्फत शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई ध्यानाकर्षण पत्र पठाई आफूहरुको माग अविलम्ब सम्बोधन गर्न माग गरेका छन् ।
ध्यानाकर्षण पत्रमा आफूहरुको जायज माग पुरा नगरिए चरणबद्ध आन्दोलनमा जाने चेतावनी समेत दिइएको छ । मदरसा समन्वय समिति सप्तरीका अध्यक्ष मो. शाहजाहाको अगुवाईमा प्रदर्शन पश्चात् प्रमुख जिल्ला अधिकारी भोला दाहालमार्फत शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई उक्त ध्यानाकर्षण पत्र पठाइएको हो ।
ध्यानाकर्षणपत्रमा विष्णुपुर गाउँपालिका १ स्थित मदरसा फैजुल इस्लामिया विद्यालयका प्रधानाध्यापक मो. शाहजाहालाई दुःःख दिने नियतले मात्र सरुवा गरिएको भन्दै उक्त सरुवा बदर हुनुपर्ने माग गरिएको छ ।
उक्त सरुवा प्रकरणमा न्याय खोज्न प्रअ शाहजाहा उच्च अदालत जनकपुर–राजविराज इजलाश पुगेको र अदालतले गत २०८० चैत २७ गते निजलाई हाल सोही मदरसामा काम गर्नु÷गराउनु भनी आदेश जारि गरेपनि उक्त आदेशको पालना नगरिएको ध्यानाकर्षणपत्रमा उल्लेख छ ।
उक्त सरुवा धार्मिक विद्यालय संचालन निर्देशिका २०७९ तथा शिक्षा ऐन नियमावली विपरीत भएको दाबीका साथ पुर्वाग्रही र दुःख दिने नियतले गरिएको सरुवा बदर गर्नु पर्ने माग गरिएको छ ।
यस्तै राजविराज नगरपालिका क्षेत्र भित्र रहेका विभिन्न मदरसामा अनुदानको रकमबाट तलब खाने गरि नियुक्त गरिएका करिब ४० जना शिक्षक÷शिक्षिकाले गत ६ महिनादेखी तलब पाउन नसकेको भन्दै ध्यानाकर्षणपत्र मार्फत अविलम्ब तलबको व्यवस्था गर्न माग गरिएको छ ।
राजविराज १ चनौरा पडरियास्थित आशिमिया दारुल उलम मदरसाका प्रअ रुबिना बेगमले आफूहरुले दशैंको खर्चगरि विगत ७ महिनादेखी तलब पाउन नसकेको गुनासो पोखिन । “एक त ९ हजार २ सय जति थोरै तलब छ, त्यसमा पनि गत २०८१ साउन देखी नै तलब पाउन सकिएको छैन्, उनले पीडा पोख्दै भनिन्–यस्तो अवस्थामा कसरी हुन्छ पठनपाठन ?”
उनले राजविराज नगरपालिका मार्फत मदरसालाई प्राप्त हुने अनुदान रकम विगत ७ महिनादेखी प्राप्त हुन नसक्दा करिब ४० जना शिक्षक÷शिक्षिकाको बिचल्ली भएको गुनासो पोखिन् । मदरसा इस्लामिया जोलहरीका प्रअ अन्जु आराले ६ महिनादेखी रोकिएको अनुदान रकम माग गर्दै पटक पटक नगरपालिका पुगे पनि आश्वासन बाहेक केही नपाएकोले बाध्य भई आन्दोलनमा उत्रु परेको बताइन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/04 ट्राफिक व्यवस्थापन नहुँदा नगर अस्तव्यस्त
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ