News Category 2081/09/08
पाँच वर्ष अघि नाबालकको हत्यामा संलग्न फरार सबालक पक्राउ
दैनिक समाचारदाता
राजविराज, ८ पुस ।
पाँच वर्षअघि एक नाबालकको हत्यामा संलग्नता रहेको कसुरमा जिल्ला र तत्तकालिन पुनरावेदन अदालतले कैद सजाय फैसला गरि फरार रहेका एक युवालाई प्रहरीले आइतबार पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नं. १ का २१ वर्षिय एक युवा रहेको प्रहरीले जनाएको छ । घटनाका बेला भने उनी नाबालक रहेकाले उनको नाम भने प्रहरीले खोलाएका छैनन् ।
अदालतको फैसला कार्यान्वयन गर्ने क्रममा पक्राउ परेका उनलाई सोमबार नै कैद सजाय भुक्तानका लागि बालसुधार गृह बिरगंज पर्सामा पठाइएको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता एवं डिएसपी जितेन्द्र कुमार बस्नेतका अनुसार ती २१ वर्षिय युवा (तत्तकालिन १६ वर्षिय नाबालक) सहित तीन जना मिलेर २०७६ साल चैत ३० गते सोही स्थानका नाबालक सुरज साहको हत्या गरि कोशी तटबन्धको झारीमा शव फ्याकी फरार भएका थिए । हत्याको अभियोग लागेका तीन जना मध्ये एक जना सबालक र दुई जना नाबालक थिए । जसमा एक सबालक र एक नाबलकले अदालतको फैसला अनुसार कैद सजाय भोगिरहेका छन् ।
तीनै जना अभियुक्तहरुलाई उक्त कर्तव्य ज्यान मुद्दामा सप्तरी जिल्ला अदालतले २५ वर्षको कैद सजायको फैसला सुनाएको थियो । पछि अभियुक्तहरुले पुनरावेदन गरेपछी तत्कालिन पुनरावेदन अदालत राजविराजले कैद सजाय घटाई उनीहरुलाई जनही १२ वर्ष ६ महिना कैद सजाय हुने फैसला गरेको थियो ।
इलाका प्रहरी कार्यालय भारदह सप्तरीबाट खटिएको प्रहरी टोलीले ती युवालाई आइतबार खोजतलास गरी पक्राउ गरी जिल्ला अदालत राजविराजमा दाखिला गरि अदालतको आदेशानुसार बालसुधार गृह बिरगंज पर्सा पठाईएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/04 ट्राफिक व्यवस्थापन नहुँदा नगर अस्तव्यस्त
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ