News Category 2081/09/09
बालविवाह न्यूनीकरणका लागि प्रहरीसँग जिल्ला स्तरीय अन्तरक्रिया सम्पन्न

दैनिक समाचारदाता
राजविराज, ९ पुस ।
बालविवाह न्यूनीकरणका लागि नेपाल प्रहरीहरूसँग मंगलबार जिल्ला स्तरीय अन्तरक्रिया गरिएको छ ।
बालविवाह विरूद्ध प्रदेश स्तरीय संजालको सहयोग परिकल्पना नेपाल तथा जिल्ला प्रहरी कार्यालयको सहकार्यमा उक्त अन्तरक्रिया गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि जिल्ला प्रहरी कार्यालयका डिएसपी एवं प्रहरी प्रवक्ता जितेन्द्र कुमार बस्नेतले पहिलेको तुलनामा अहिले बालविवाह गर्न अभिभावकहरू डराएको भन्दै फौजदारी कसुर अन्तरगर्त रहेको बालविवाह समुदायको अझै ठूलो चुनौतीको रूपमा रहेको बताए ।
अशिक्षा, चेतना, गरिब तथा दाईजोको कारणले सबैभन्दा बढी बालविवाह हुँदै आएकाले यसको न्यूनीकरणका लागि शिक्षा र चेतनामा जोड दिनुपर्ने उनको भनाई थियो । उनले मधेस प्रदेशमा सबैभन्दा बढी बालविवाह हुँदै आएको तथ्यांक भएपनि बालविवाहको उजुरी एकदमै न्यून आउने गरेको बताए ।
जिल्ला प्रहरीको तथ्यांक अनुसार आर्थिक वर्ष २०७९÷०८० मा ५ वटा, २०८०÷०८१ मा एक वटा र २०८१÷०८२ मा अहिले सम्म एक वटा मात्र उजुरी परेको उनले बताए । आफ्नो छोरी आफुले भन्दा तल्लो जातको तथा कम पढेलेखेको विपन्न केटासँग विवाह गर्यो भने मात्र उजुरी आउने प्रवृत्ति रहेको भनाइ डिएसपी बस्नेतको रहेको थियो ।
कार्यक्रमका सहभागीहरूले बालविवाह न्यूनीकरणका लागि सबैले आ–आफ्नो ठाउँबाट वकालत गर्नुपर्ने जोड दिए ।
परिकल्पना नेपालको उपाध्यक्ष सुनिता परियारको अध्यक्षतामा आयोजित कार्यक्रममा सुधा देवले बालविवाहको विषयमा सहजिकरण गरेकी थिईन् भने सवाना परविनले संचालन गरेको कार्यक्रममा ३२ जना प्रहरीहरूको सहभागी रहेको थियोे ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
- 2082/06/15 छिन्नमस्ता मन्दिर परिसरमा सेनाद्वारा निर्मित शिव मन्दिरको उद्घाटन
- 2082/06/14 सप्तरीका धार्मिकस्थलमा भक्तजनको भीड
- 2082/06/17 सुख्खा तथा खडेरी प्रभावित किसानहरुलाई राहत उपलब्ध
- 2082/06/12 एकल महिलाको सहारा बन्दै जुही
- 2082/06/12 याडियाको स्कुटर सप्तरीको बजारमा
- 2082/06/10 आन्दोलनका क्रममा दलका पार्टी कार्यालय, नेता र जनप्रतिनिधिको निवासमा गरि एक करोडको क्षति
- 2082/06/10 संसद भवन बचाउने क्रममा गोली चलाएर गरिएको ठूलो नरसंहार उचित होइन ः महामन्त्री शर्मा
- 2082/06/08 जेनजी आन्दोलनका क्रममा सप्तरीका पालिका र सरकारी कार्यालयमा ७५ करोड भन्दा बढीको क्षती
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ