News Category 2081/09/09
श्रोेत नखुलेको रकमसहित व्यापारी साह पक्राउ, अनुसन्धानका लागि पुनः सात दिन म्याद थपियो
दैनिक समाचारदाता
राजविराज, ९ पुस ।
राजविराजबाट श्रोत नखुलेको रकमसहित पक्राउ परेका एक व्यापारीलाई अदालतले अनुसन्धानका लागि मंगलबार पुनः सात दिनको म्याद थपेको छ ।
राजविराज ७ निवासी ३५ बर्षीय महेन्द्र साहलाई अदालतले बैंक तथा वित्तिय कारोवार सम्बन्धी ऐन २०७३ को कसुर अन्तर्गत दोस्रो पटक सात दिने म्याद थपेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति प्रदान गरेको हो ।
पहिलो पटक सोही दिन बैंक तथा वित्तिय कारोबार सम्बन्धी ऐन २०७३ को कसुर अन्तर्गत प्रहरीले अनुसन्धान गर्न ७ दिने म्याद थप गराई अनुसन्धान प्रक्रिया अगाडी बढाएको थियो ।
साह किराना व्यवसायी हुन् । उनलाई पुस ४ गते प्रहरीले श्रोत नखुलेको १४ लाख ७ सय रुपैयाँ सहित पक्राउ गरेको थियो । राजविराज ७ सिरहा रोड घर भएका साहको सप्तरीकै विष्णुपुर गाउँपालिकामा किराना पसल संचालनमा रहेको छ ।
हुण्डी कारोबार भईरहेको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटेको टोलीले राजविराज ७ स्थित साहको कोठाबाट स्रोत नखुलेको उक्त रकमसहित साहलाई नियन्त्रणमा लिएको थियो ।
अनुसन्धान प्रक्रिया जारि नै रहेकोले दोस्रो पटक म्याद थप गराईएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक जितेन्द्र कुमार बस्नेतले जानकारी दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/04 ट्राफिक व्यवस्थापन नहुँदा नगर अस्तव्यस्त
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ