News Category 2081/09/09
श्रोेत नखुलेको रकमसहित व्यापारी साह पक्राउ, अनुसन्धानका लागि पुनः सात दिन म्याद थपियो
दैनिक समाचारदाता
राजविराज, ९ पुस ।
राजविराजबाट श्रोत नखुलेको रकमसहित पक्राउ परेका एक व्यापारीलाई अदालतले अनुसन्धानका लागि मंगलबार पुनः सात दिनको म्याद थपेको छ ।
राजविराज ७ निवासी ३५ बर्षीय महेन्द्र साहलाई अदालतले बैंक तथा वित्तिय कारोवार सम्बन्धी ऐन २०७३ को कसुर अन्तर्गत दोस्रो पटक सात दिने म्याद थपेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति प्रदान गरेको हो ।
पहिलो पटक सोही दिन बैंक तथा वित्तिय कारोबार सम्बन्धी ऐन २०७३ को कसुर अन्तर्गत प्रहरीले अनुसन्धान गर्न ७ दिने म्याद थप गराई अनुसन्धान प्रक्रिया अगाडी बढाएको थियो ।
साह किराना व्यवसायी हुन् । उनलाई पुस ४ गते प्रहरीले श्रोत नखुलेको १४ लाख ७ सय रुपैयाँ सहित पक्राउ गरेको थियो । राजविराज ७ सिरहा रोड घर भएका साहको सप्तरीकै विष्णुपुर गाउँपालिकामा किराना पसल संचालनमा रहेको छ ।
हुण्डी कारोबार भईरहेको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटेको टोलीले राजविराज ७ स्थित साहको कोठाबाट स्रोत नखुलेको उक्त रकमसहित साहलाई नियन्त्रणमा लिएको थियो ।
अनुसन्धान प्रक्रिया जारि नै रहेकोले दोस्रो पटक म्याद थप गराईएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक जितेन्द्र कुमार बस्नेतले जानकारी दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ