News Category 2081/09/12
२५ रुपैया जरिवाना गरिएका देखी १२ वर्ष कैद सजाय तोकिएका दुई दर्जन फरार प्रतिवादी पक्राउ
दैनिक समाचारदाता
राजविराज, १२ पुस ।
जिल्ला प्रहरी कार्यालय सप्तरीले दश दिनको अवधीमा २५ रुपैया जरिवाना गरिएका देखी १२ वर्ष कैद सजाय तोकिएका सम्म दुई दर्जन फरार प्रतिवादी पक्राउ गरेको छ ।
पुस १ देखी ११ गतेसम्म जिल्ला प्रहरी कार्यालय तथा मातहतका प्रहरी कार्यालयहरुबाट खटिएको प्रहरी टोलीले अदालतबाट विभिन्न मुद्दामा पैmसला भई कैद तथा जरिवाना भुक्तान बाँकी रहेका २३ पुरुष र एक महिला गरि २४ जना फरार प्रतिवादीलाई पक्राउ गरेको हो ।
सुचना अधिकारी प्रहरी नायब उपरिक्षक जीतेन्द्र कुमार बस्नेतका अनुसार उनीहरुबाट १२ वर्ष १० महिना कैद सजाय र १५ हजार ७ सय ४६ रुपैया जरिवाना बापत असुल गर्न बाँकी छ ।
पक्राउ परेका मध्ये कुटपीट मुद्दाका सर्वाधिक १६ जना छन । लुटपीटका ४ तथा गालाी बेइजत मुद्दाका २ जना छन । यस्तै कतर््ब्य ज्यान र मोटरसाईकल चोरी मुद्दाका १÷१ जना छन । पक्राउ परेका मध्ये कुटपीट मुद्दामा २५ रुपैया जरिवाना तोकिएका सप्तरीको रुपनी गाउँपालिका १ का रामविलास यादव पनि छन ।
सप्तरी जिल्ला अदालतले कुटपीट मुद्दामा १० वर्ष अघि उनलाई २५ रुपैया जरिवाना गरेको थियो । तर जरिवाना नबुझाई फरार प्रतिवादी सुचीमा परेका उनलाई अघिल्लो दिन विहीवार प्रहरीले गाउँबाटै पक्राउ गरेको थियो ।
यो संगै चालु आर्थिक वर्षको हाल सम्मको अवधीमा पक्राउ परेका फरार प्रतिवादीको संख्या १ सय ७६ पुगेको छ । अपराध घट्नाको अनुसन्धान तथा अदालतको फैसला कार्यान्वयन गर्ने क्रममा फरार भई लुकिछिपी वसेकाहरु उपर सुराकी र निगरानी बढाए संगै एक पछि अर्काे सफलता मिल्दै गएको प्रहरी उपरिक्षक ढकेन्द्र खतिबडाको भनाई छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ