News Category 2081/09/12
जगन्नाथ रथयात्रा निकालिदै
दैनिक समाचारदाता
राजविराज, १२ पुस ।
गत वर्ष झै यस वर्ष पनि राजविराजमा आज (शनिबार) भगवान श्रीजगन्नाथ रथयात्राको आयोजना हुदैछ । भगवान श्रीकृष्णकै अर्को रुप भनिने श्रीजगन्नाथ रथयात्रा विगत तीन बर्षदेखि राजविराजमा हुँदै आएको छ ।
रथयात्रा राजविराज हटियास्थित श्री लक्ष्मीनारायण राधाकृष्ण मन्दिर प्राङ्गणबाट निकली नगरको परिक्रमा पश्चात् पुनः सोही मन्दिरमा विसर्जन गरिने कार्यक्रम रहेको श्रीकृष्ण भक्त मण्डल सप्तरीका अध्यक्ष हितेश यादवले जानकारी दिएका छन ।
रथयात्रामा भारतका वृन्दावन, मायापुर, मथुरा, दरभंगासहित नेपालका लहान, जनकपुर, इटहरी, विराटनगर र धरानका श्रीकृष्ण भक्त र किर्तन मण्डलीहरुका साथै केही विदेशी भक्तजनहरु समेतको सहभागिता रहने अध्यक्ष यादवले बताए ।
रथयात्रामा मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह पनि सहभागी हुने जानकारी गराउँदै मण्डलका सचिव प्रभाकरले भने “यात्रामा सप्तरीका आमजनका साथै प्रशासन र राजनीतिक प्रमुख व्यक्तित्वहरु समेत उपस्थित हुनेछन् ।”
रथयात्राको सम्पूर्ण तैयारीले अन्तिम रुप पाईसकेको जानकारी गराउँदै यात्रा बिहान ९ः३० बजे हटिया मन्दिरबाट निस्किने मण्डलका कोषाध्यक्ष दिपक भगतले बताए ।
सोही रथयात्रामा भगवान जगन्नाथका साथै दाई बलराम र बहिनी शुभद्राका प्रतिमूर्ती राखी यात्रा गराइने भारत उडिसाको जगन्नाथधामको परम्परालाई विश्वभरी नै यथावत राखिने सल्लाहकार सतिश कुमार दत्तले बताए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ