News Category 2081/09/13
राजविराजमा रथ यात्रामा जनसागर
दैनिक समाचारदाता
राजविराज, १३ पुस ।
राजविराजमा शनिबार भगवान जगन्नाथको भव्य रथयात्रा निकालिएको छ । हजारौंको सहभागितामा स्थानीय श्री लक्ष्मी नारायण राधाकृष्ण मन्दिरबाट भगवान जगन्नाथको रथयात्रा निकालिएको हो ।
रथयात्रामा मधेश प्रदेशका मुख्यमन्त्री सशितकुमार सिंह, प्रदेश सांसद महेश यादव, जिल्ला समन्वय समितिका प्रमुख शिवनारायण साह, राजविराज नगरपालिकाका कार्यवाहक नगरप्रमुख इसरत परविन, तिलाठी कोइलाडी गाउँपालिकाका प्रमुख अरुण मण्डलका साथै विभिन्न पालिकाका प्रमुख, उपप्रमुख, युवायुवती, बृद्धबृद्धा गरि २० हजारको हाराहारीमा भक्तजन सहभागि भए ।
नरिवल फुटाएर रथयात्राको शुभारम्भ गरेका मुख्यमन्त्री सिंहले बहुधार्मिक, बहुसांस्कृतीक र बहुभाषिक नेपाली समाजको विशेषता रहेको बताए । यस्ता धार्मिक आयोजनाले धर्मप्रति आस्था बढाउनुका साथै धार्मिक र आपसी सद्भाव बढाउने काम समेत गर्ने उनको भनाई थियो ।
श्री लक्ष्मी नारायण राधाकृष्ण मन्दिरको समन्वय तथा कृष्णभक्त मण्डल एवं इस्कान राजविराजको संयुक्त आयोजनामा विगत तीन वर्षदेखी सुरु भएको रथयात्रा महोत्सवको रुपमा मनाउन थालिएको आयोजक समितिका हितेश यादवको भनाई छ । भगवान जगन्नाथ, बलदेव र सुभद्राको मूर्ती राखेर तेश्रो संस्करणको यात्रामा प्रयोग गरिएको रथको लम्बाई २२ फिट, चौडाई ११ फिट तथा उचाई १५ फिट रहेको उनले जानकारी दिए ।
यस्तै रथको अग्रभागबाट दायाँ र बाँया फैलिएका ७५ फिट लम्बाईको डोरी तान्न भक्तजनमा तछाडमछाड नै चल्यो । रथयात्रा नगर परिक्रमा पश्चात् पुनः सोही मन्दिरमै पुगेर समापन भएको छ । नगर परिक्रमाका क्रममा सहभागि भक्तजनद्वारा लगाइएको हरेरामा हरेकृष्णाको नाराले नगर गन्ज्यमान भएको थियो ।
रथयात्रामा सप्तरीका साथै सुनसरी, मोरङ, सिरहा, धनुषा तथा भारतको बृन्दावन, मायापुर, मथुरा, दरभंगा, मधुवनी लगायतका स्थानबाट समेत साधुसन्त र भक्तजन सहभागि हुन आएका थिए ।
प्रहरी उपरिक्षक ढकेन्द्र खतिवडाले रथयात्रामा कुनै अप्रिय घटना हुन नदिन सुरक्षाका लागि ड्रोन क्यामराका साथै पोशाक र सादा पोशाकमा डेढ सय भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको जानकारी दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/04 ट्राफिक व्यवस्थापन नहुँदा नगर अस्तव्यस्त
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ