News Category 2081/09/14
न्याय प्रशासनसँग सम्बन्धित ऐन र कार्यान्वयनमा देखिएका समस्याहरू बारे अन्तरक्रिया
दैनिक समाचारदाता
राजविराज, १४ पुस ।
न्याय प्रशासनसँग सम्बन्धित ऐन तथा कार्यविधि कार्यान्वयनमा देखिएका समस्याहरूको विषयमा एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
राजविराज उच्च अदालत बार एशोसिएसनको आयोजनामा आइतबार उक्त अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा वरिष्ठ अधिवक्ता यदुनाथ खनालले न्याय प्रशासन ऐन अन्तर्गत निशेधाज्ञायुक्त निवेदन उजुरी सम्बन्धमा निशेधाज्ञा –जिल्ला अदालत संविधानको धारा १५१ बन्दी प्रत्यक्षिकरण पछि कमा राखेर निशेधाज्ञा हुनुपर्ने ठाउँमा त्यसो नभएर संगै भएको, निशेधाज्ञा उच्च अदालत नेपालको संविधानको धारा १४४ मा निशेधाज्ञा हुनुपर्ने ठाउमा त्यसो नभएको, न्याय प्रशासन ऐनको दफा ८ (१) मा समेत निषेधाज्ञा उल्लेख नभएको लगायत विषयमा तमाम त्रुटी भएको बताए ।
कार्यक्रममा मुलुकी देवानी÷फौजदारी संहिताका आधारहरू, मुलुकी देवानी संहिताको संरचना, देवानी संहिताको प्रकृति, कार्यविधिको स्वरूप, मुलुकी देवानी संहिताको दफा २६(३) मा भएको निषेधाज्ञायुक्त निवेदन (उजुरी) सम्बन्धमा, मुलुकी अपराध संहिता, १५५ को सुविधा,सर्वोच्च अदालत नियमावली लगायतका विषयमा वृहत् छलफल गरिएको थियो ।
जनकपुर राजविराज उच्च वार एशोसिएसनका अध्यक्ष हरेराम यादवको अध्यक्षतामा तथा उच्च अदालत जनकपुर राजविराज उच्च इजलासका न्यायाधीश बामदेव ज्ञावालीको प्रमुख अतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रममा न्यायाधीश सरला पाण्डे, वरिष्ठ अधिवक्ता सिराहा जिल्ला बारका अध्यक्ष मदन साह, सप्तरी जिल्ला बारका अध्यक्ष कामेश्वर यादव, सिरहा बारका पूर्व अध्यक्ष अधिवक्ता विरेन्द्र सिंह, सुनसरी बारका पूर्व अध्यक्ष अधिवक्ता मनुराज, अधिवक्ता संजिव मल्लिक, पत्रकार महासंघ सप्तरीका उपाध्यक्ष सुधा देव, पूर्व अध्यक्ष श्याम नारायण लगायतले न्याय प्रशासन ऐनमा परिवर्तन हुनुपर्ने सुझाव दिएका थिए ।
कार्यक्रममा सप्तरी, सिराहा, रौतहट, धनुषा, सुनसरी तथा काठमाडौंका करिव १ सय वरिष्ठ अधिवक्ता तथा अधिवक्ताहरूको उपस्थिति रहेको थियोे ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/04 ट्राफिक व्यवस्थापन नहुँदा नगर अस्तव्यस्त
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ