News Category 2081/09/14
मुख्यमन्त्री सिंहसँग बिहारका मन्त्री निरजको भेट
दैनिक समाचारदाता
राजविराज, १४ पुस ।
बालविवाह मुक्त पालिका घोषणाका लागि आईतवार सप्तरीको छिन्नमस्ता पुगेका मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंह र भारत विहार राज्यको लोकस्वास्थ अभियन्त्रण मन्त्री निरज कुमार सिंहसँग भेट भएको छ ।
छिन्नमस्ता गाउँपालिकालाई बाल विवाहमुक्त घोषणा समारोहमा जानुपूर्व सोही स्थानमा रहेको प्रसिद्ध शक्तिपीठ छिन्नमस्ता भगवती मन्दिरमा पुजाआजार गर्न पसेका मुख्यमन्त्री सतिशसँग बिहारका मन्त्री निरजको भेट भएको हो ।
बिहारका मन्त्री सपरिवार पुजाका लागि सोही समयमा मन्दिर पुगेपछि पुजाआजा पश्चात दुवैबीच नेपाल तथा भारतको सीमा क्षेत्रका सुरक्षा व्यवस्था, सडकको स्तरोन्नति लगायतका विषयमा छलफल भएको थियो ।
मुख्यमन्त्री सिंहले बिहार तर्फको न्यौर, डगमारा, कुनौली तथा नेपाल तर्फको छिन्नमस्ता सडक खण्डको स्तरोन्नती एवम् कुनौलीको दशगजामा नेपाल–भारत मैत्रीपूर्ण निर्माणका लागि बिहारका मन्त्री निरजको ध्यानाकर्षण गराएका थिए ।
आफ्ना कुरा सुनेपछि सडक स्तरोन्नति तथा पुल निर्माणले दुवै देशबीचको आवागमणमा अझ सहज हुने भन्दै त्यसका लागि आफ्नो स्तरबाट सक्दो पहल गर्ने बिहारका मन्त्री निरजले आश्वासन दिएको मुख्यमन्त्री सतिशले जानकारी दिएका छन् ।
मुख्यमन्त्री सिंह र बिहारका मन्त्री निरजबीच पारिवारिक सम्बन्ध समेत रहेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/04 ट्राफिक व्यवस्थापन नहुँदा नगर अस्तव्यस्त
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ