News Category 2081/09/15
पहिलो एनपिएल विजेता टोली जनकपुर बोल्टसको सप्तरीमा भव्य स्वागत
दैनिक समाचारदाता
राजविराज, १५ पुस ।
काठमाडौमा सम्पन्न भएको नेपाल प्रिमियर लिग (एनपिएल) पहिलो संस्करणका विजेता जनकपुर बोल्टसका खेलाडीहरुलाई सप्तरीमा भब्य स्वागत र सम्मान गरिएको छ ।
मधेश प्रदेशको विभिन्न जिल्लामा ट्रफी परेड गर्दै सोमवार साँझ सप्तरी आइपुगेका जनकपुर बोल्टसका खेलाडीहरुलाई सप्तरी सदरमुकाम राजविराजमा भब्य स्वागत र सम्मान गरिएको हो । विजयोत्सव मनाउने क्रममा राजविराज आइपुगेको टोलीलाई नगरवासीले फुलमाला अबिर तथा विभिन्न उपहारबाट स्वागत तथा सम्मान गरेका छन् ।
बिजेता टिमका खेलाडीलाई ट्रफीसहित नगरपरिक्रमा गराइएको थियो । नगर परिक्रमा पश्चात राजरंगशालामा राजविराज नगरपालिकाद्वारा आयोजित कार्यक्रममा कार्यवाहक नगर प्रमुख इसर परवीनले विजेता टीमका खेलाडीलाई फुलमाला अबिर र कदरपत्रबाट सम्मान गरे ।
विजेता टोली आईपुग्दा साँझ परेकाले रंगशालामा आधा दर्जनभन्दा बढी भ्यापर लाईट प्रयोग गरिएको थियो भने उत्साहित युवाहरुले लगातार आतिशबाजी गरेका थिए ।
विजेता टोलीसंगै आएका जनकपुृर बोल्टसका प्रबन्धक उत्सव वाग्ले, नेपाल क्रिकेट संघ (क्यान) का केन्द्रीय सदस्य समेत रहेका क्रिकेट संघ सप्तरीका अध्यक्ष आयुष श्रेष्ठले पहिलो आयोजनाको विजेता बन्न जनकपुर बोल्टस सफल भएको खुशियालीमा मधेश प्रदेशको ८ वटै जिल्लामा विजयोत्सव मनाउन थालिएको बताए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ