News Category 2081/09/15
सशस्त्र प्रहरीद्वारा चिसोबाट जोगिन विपन्न वस्ती मै पुगेर कम्बल वितरण
दैनिक समाचारदाता
राजविराज, १५ पुस ।
सशस्त्र प्रहरीले सप्तरीको तिलाठी कोईलाडी गाउँपालिकाका गरिब असहाय, अशक्त तथा विपन्न समुदायका बृद्धबृद्धाहरुलाई कम्बल प्रदान गरेको छ ।
सशस्त्र प्रहरी बल नेपाल नंं.६ गण हेडक्वाटर सप्तरीले सोमवार सो गाउँपालिका १ स्थित बेल्ही टोलका गरिब असहाय, असक्त तथा विपन्न समुदायका एक सय परिवारलाई कम्बल वितरण गरेको हो ।
“सीमावासीसँग सशस्त्र प्रहरी” कार्यक्रम अन्तर्गत गाउँपालिकाको समन्वयमा विपन्न समुदायको पहिचान र सुची तयार गरी १ सय परिवारलाई चिसोबाट जोगिन कम्बल वितरण गरिएको सशस्त्र प्रहरी बल नेपाल नं. ६ गण हेडक्वाटर सप्तरीका प्रमुख एवं प्रहरी उपरिक्षक ज्ञानमणी पौडेलले जानकारी दिए ।
उनले आप्mनो संगठनबाट समाजिक उत्तरदायीत्व समेत निर्वाह गर्दै चिसोबाट पीडित विपन्न वर्गलाई सानो सहयोग गरेको बताए । आफुहरुको साधन, श्रोत र क्षमताले भ्याएसम्म थप विपन्न वस्तीका परिवारलाई भविष्यमा समेत सहयोग गर्ने उनको भनाई छ ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी भोला दाहाल, जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख ढकेन्द्र खतिवडा, राष्ट्रिय अनुसन्धानका प्रमुख सुरेन्द्र कोइराला, तिलाडी कोइलाडी गाउँपालिकाका अध्यक्ष अरुण कुमार मण्डल लगायत समेतले सशस्त्र प्रहरीको तर्फबाट विपन्न समुदायका परिवारलाई कम्बल वितरण गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ