News Category 2081/09/16
एनपिएल बिजेता टोलीलाई नगदसहित सम्मान
दैनिक समाचारदाता
राजविराज, १६ पुस ।
नेपाल प्रिमियर लिग (एनपीएल) का विजेता टोली जनकपुर बोल्ट्सलाई मंगलवार सप्तरीको छिन्नमस्ता गाउँपालिकाले नगदसहित सम्मान गरेको छ ।
बिजेता टोलीका खेलाडीहरु मंगलवार प्रसिद्ध शक्तीपीठ छिन्नमस्ता भगवती मन्दिर पुजाका लागी आइपुगेपछि गाउँपालिकाले १ लाख ५० हजार नगदसहित सम्मान गरेको हो ।
सो अवसरमा गाउँपालिका अध्यक्ष विद्यानन्द चौधरीले विजेता टोलीलाई नगद १ लाख ५ हजार नगदसहित दोसल्ला र मिथिला पागबाट सम्मान गरे । टिम प्रबन्धक उत्सव सिग्देल तथा कप्तान ललित राजवंशीलाई उनले उक्त रकमको चेक हस्तान्तरण गरेका थिए ।
सो अवरमा अध्यक्ष चौधरीले एनपीएलको प्रथम आयोजना मै ट्रफी हात पार्न सफल जनकपुर बोल्टस टिमलाई बधाई दिदै विजेता टोलीलाई स्वागत गर्न पाउनु छिन्नमस्तावासीका लागी गर्वको कुरा भएको बताए ।
उनले नेपाल प्रिमयर लिगले क्रिकेट खेलको विकासका साथै युवाहरुलाई प्रेरणा, राष्ट्रिय एकता तथा सकारात्मक बाटोमा हिड्ने प्रेरणा र उर्जा समेत प्रदान गरेको बताए । खेलाडीहरुको स्वागत र सम्मानमा बाजागाजा सहित पुगेको स्थानीयले भब्य स्वागत सहित मन्दिर परिक्रमा गराएका थिए ।
जनकपुर बोल्टसले हालै काठमाडौमा सम्पन्न प्रथम एनपीएलको फाइनलमा सुदुर पश्चिम टिमलाई ५ विकेटले पराजीत गर्दै उपाधी कब्जा गरेको थियो । सोही खुशीयालीमा विजेता टिम अहिले विजयोत्सव मनाउन मधेश प्रदेशका आठै जिल्लामा ट्रफी सहित परेडमा निस्केका छन ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ