News Category 2081/09/22
डाक्नेश्वरी नगरपालिकाका नवनिर्वाचित वडाअध्यक्षसहित दुई जना कारागार चलान
दैनिक समाचारदाता
राजविराज, २२ पुस ।
सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नं. १ का नवनिर्वाचित वडाअध्यक्ष धीरेन्द्रकुमार साहसहित दुई जना सोमबार पुर्पक्षका लागि कारागार चलान भएका छन् ।
थुनछेक बहस सकिएपछि सप्तरी जिल्ला अदालतका न्यायाधीश दीपक धितालको एकल इजलासले उनीहरु कारागार चलान भएका हुन् । उनीसँगै सोही वडाका शिक्षक राजनारायण साह पनि पूर्पक्षका लागि कारागार चलान भएका हुन् ।
नवनिर्वाचित वडाअध्यक्ष तथा शिक्षक राजनारायण साहसहित ६ जनाबिरुद्ध दुई वटा मुद्दा दर्ता भएको थियो । उनीहरूबिरुद्ध जर्वजस्तीकरणी गरी कर्तव्य ज्यान गरेको र अपहरण गरी व्यक्ति वेपत्ता गरेको कसुर सम्बन्धी दुई वटा मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ ।
नवनिर्वाचित वडा अध्यक्ष साह गत मंसिर २० गते पदभार ग्रहण कार्यक्रममा शरीक हुन गएका बेला पक्राउ परेका थिए ।
बि.स. २०७९ फागुन महिनामा डाक्नेश्वरी नगरपालिका १ का सन्तोषीलाई बलात्कार गरी हत्या गरेको देखेपछि उनका भाइ १३ वर्षका नितिशकुमार साहलाई अपहरण गरी बेपत्ता पारेको आरोप उनीहरुमाथी छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/04 ट्राफिक व्यवस्थापन नहुँदा नगर अस्तव्यस्त
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ