News Category 2081/09/22
रकम दोब्बर पारिदिने भन्दै ठगी गरेको आरोपमा पक्राउ परेका हनुमानीलाई प्रहरीले ग¥यो सार्वजनिक
दैनिक समाचारदाता
राजविराज, २२ पुस ।
रकम दोब्बर पारिदिने भन्दै ठगी गरेको आरोपमा पक्राउ परेका सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका ७ का हनुमानी भन्ने रामबहादुर रजकलाई प्रहरीले सोमबार सार्वजनिक गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीमा सोमबार आयोजित पत्रकार सम्मेलनमा अघिल्लो दिन गाउँबाटै पक्राउ परेका रजकलाई सार्वजनिक गरिएको हो ।
पत्रकार सम्मेलनमा सर्वसाधारणसँग पैसा दोब्बर पारिदिने भन्दै लाखौं रकम ठगी गरेको आरोप रहेको बताउँदै प्रहरी उपरिक्षक ढकेन्द्र खतिवडाले उनीमाथी ठगी तथा अपराधिक विश्वासघात कसुरमा मुद्दा चलाइने बताए ।
सप्तरी जिल्ला अदालतबाट पुस ७ गते पक्राउ गर्न अनुमति लिई खोजतलासको क्रममा अघिल्लो दिन आइतबार साँझ बभनगामा टोलस्थित सडक खण्डबाट उनलाई पक्राउ गरिएको प्रहरी उपरिक्षक खतिवडाले जानकारी दिए ।
रजक लामो समयदेखी सप्तरीमा रकम दोब्बर पारिदिने भन्दै एजेन्टहरु मार्फत यस्तो ठगी धन्दा चलाउँदै आएको प्रहरीको भनाई छ । पीडित मध्येका हरिनारायण यादव समेतको जाहेरीले बादी नेपाल सरकार रहेको मुद्दामा प्रतिवादी रहेका रजक पक्राउ परेको तथा सो ठगी धन्दामा संलग्न रहेका अन्य व्यक्तिहरु बारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
पत्रकार सम्मेलनमा जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायब उपरिक्षक जितेन्द्र कुमार बस्नेतले रजकबाट ठगीमा परेका अन्य पीडितहरुलाई समेत लिखित उजुरीसहित सम्पर्कमा आउन अनुरोध गरेका थिए ।
यसैबीच रजकलाई सप्तरी जिल्ला अदालतले ठगी तथा अपराधिक विश्वासघात कसुर मुद्दामा पाँच दिन हिरासतमा राखी अनुसन्धान गर्न प्रहरीलाई अनुमति प्रदान गरेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/04 ट्राफिक व्यवस्थापन नहुँदा नगर अस्तव्यस्त
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ