News Category 2081/09/23
सहकारी ठगीका आरोप लागेका तातेड ६ महिनापछि रिहा
दैनिक समाचारदाता
राजविराज, २३ पुस ।
राजविराजस्थित कान्तिपुर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका सचिव सिद्धार्थ तातेड पीडितहरुको बचत फिर्ता गर्ने सहमति भए पश्चात् ६ महिनापछी जेलमुक्त भएका छन् ।
सहकारी ठगी तथा आपराधिक विश्वासघात मुद्दामा पक्राउ परेका तातेड सप्तरी जिल्ला अदालतका न्ययाधिश तिलक बहादुर कार्कीको रोहबरमा पीडित पक्षहरुले मुद्दा फिर्ता तथा मिलापत्र प्रमाणित भएपछी मंगलबार जेलमुक्त भएका हुन् ।
मध्यस्थकर्ताको भूमिका निर्वाह गरेका कानुन व्यवसायी अशोक चौधरी, डाक्नेश्वरी नगरपालिका वडा नं. ९ का वडाअध्यक्ष कर्णदेव चौधरी तथा उद्योग बाणिज्य संघ सप्तरीका अध्यक्ष लालुप्रसाद अग्रवालको उपस्थितिमा दुबै पक्ष मुद्दा मिलापत्र गरेपछि न्यायाधिश कार्कीको रोहबरमा मिलापत्र प्रमाणित भएसँगै तातेडको रिहा भए ।
राजविराज नगरपालिकाका वडा नं. ३ का वडा सदस्य समेत रहेका तातेडलाई बचतकर्ताको रकम हिनामिना गरेको आरोपमा प्रहरीले गत साउन ३ गते पक्राउ गरेको थियो । साउन १७ गते जिल्ला अदालत सप्तरीका न्यायाधिश संजिव पोखरेलको एकल इजलाशले थुनछेक बहस सकिएपछि तातेडलाई पूर्पक्षका लागि कारागारमा राख्ने आदेश गरेको थियो ।
सो संस्थामा जम्मा गरेको बचतकर्ताको करिब डेढ करोड रकम हिनामिना गरेको आरोपसहित अध्यक्ष बेचन यादव र सचिव तातेडसहित १२ जनालाई प्रतिवादी बनाई प्रहरीले सप्तरी जिल्ला अदालतमा आरोपपत्र दायर गरेको थियो ।
४९ जना बचतकर्ताको संयुक्त जाहेरीले बादी नेपाल सरकार भई उठान भएको मुद्दामा त्यती बेला प्रहरी तातेडलाई मात्र पक्राउ गर्न सफल भएको थियो । अन्य आरोपित फरार रहेको प्रहरीले जनाउँदै आएको थियो ।
संचालक र कर्मचारी अचानक सम्पर्कविहीन भएको र लामो समयसम्म संस्थामा तालाबन्दी भएको देखेपछि बचत फिर्ताका लागी पहल गर्न माग गर्दै बचतकर्ताहरु प्रहरी समक्ष पुगेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
- 2082/06/15 छिन्नमस्ता मन्दिर परिसरमा सेनाद्वारा निर्मित शिव मन्दिरको उद्घाटन
- 2082/06/14 सप्तरीका धार्मिकस्थलमा भक्तजनको भीड
- 2082/06/17 सुख्खा तथा खडेरी प्रभावित किसानहरुलाई राहत उपलब्ध
- 2082/06/12 एकल महिलाको सहारा बन्दै जुही
- 2082/06/12 याडियाको स्कुटर सप्तरीको बजारमा
- 2082/06/10 आन्दोलनका क्रममा दलका पार्टी कार्यालय, नेता र जनप्रतिनिधिको निवासमा गरि एक करोडको क्षति
- 2082/06/10 संसद भवन बचाउने क्रममा गोली चलाएर गरिएको ठूलो नरसंहार उचित होइन ः महामन्त्री शर्मा
- 2082/06/08 जेनजी आन्दोलनका क्रममा सप्तरीका पालिका र सरकारी कार्यालयमा ७५ करोड भन्दा बढीको क्षती
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ