News Category 2081/09/23
छाडा पशुचौपाया नियन्त्रणमा लिँदै नगरपालिका

दैनिक समाचारदाता
राजविराज, २३ पुस ।
राजविराज नगरपालिकाले नगर क्षेत्र भित्र छाडा रुपमा छाडिएका पशु चौपायालाई नियन्त्रणमा लिने कार्य पुनः सुरु गरेको छ । यस अघि नगरपालिकाले झण्डै ७ वर्षअघि पनि छाडा पशुचौपाया नियन्त्रण गर्ने प्रयास गरेको थियो । तर, सो कार्यले निरन्तरता पाउन सकेन् ।
पछिल्लो पटक यही पुस २२ गते सोमबारदेखी नगरपालिकाले कार्यालय परिसर भित्रै अस्थायी रुपमा काँजी हाउस संचालन गरि नगर क्षेत्रभित्र छाडा छाडिएका पशु चौपायालाई नियन्त्रणमा लिने कार्यलाई पुनः सुरु गरेको हो ।
दुई दिनको अवधीमा २४ वटा गाई र बाछी तथा २ वटा घोडा गरि २६ वटा छाडा पशु चौपाया नियन्त्रण लिएको नगरपालिकाका सरसफाईका शाखा प्रमुख ज्योतिष कुमार यादवले जानकारी दिए । छाडा पशुचौपाया नियन्त्रणका लागि नगरपालिकाले सरसफाई तथा बिजुलीका कर्मचारी र दमकलका चालकहरु गरि २५ जना जनशक्ति परिचालन गरेको उनले बताए ।
उनका अनुसार नियन्त्रणमा लिई काँजी हाउसमा राखिएका २६ मध्ये ९ वटा गाई र बाछीलाई ५ सयका दरले ४ हजार ५ सय रुँपैया तिरेर पशुधनीले लगेका छन् ।
अनाधिकृत रुपमा कसैले पशुचौपाया सार्वजनिक स्थानमा छोडी वा लापरवाही गरी बालिनालीमा नोक्सानी पु¥याएको खण्डमा सो नोक्सानी भएको ठहर भए सम्बन्धीत पशुधनीबाटै वडा समितिले क्षतिपूर्ती भराई दण्ड सजाय गर्न सकिने प्रावधान समेत रहेको उनको भनाई छ ।
छाडा पशुचौपाया नगरपालिकाले नियन्त्रणमा लिएर काँजी हाउसमा राखेको बेला पशुधनीले जरिवाना बुझाएर लैजान सक्ने प्रावधान रहेको बताउँदै सरसफाई प्रमुख यादवले एक दिनको सानो पशुको एक सय रुपैया जरिवाना तोकिएको छ भने दोश्रो दिन थप एक सय गरि सातौं दिनसम्ममा ७ सय जरिवाना तोकिएको छ ।
यस्तै ठूलो पशुको हकमा पहिलो दिन ५ सय जरिवाना तथा सातौं दिनसम्ममा ५ हजार ५ सय जरिवाना तोकिएको छ । सो अवधीमा पनि पशुधनीले आफ्ना पशुचौपाया नलगे आठौं दिन ती पशुचौपायाको लिलामी समेत हुने प्रावधान रहेको उनको भनाई छ ।
उक्त कार्यका लागि नगरपालिकाका कार्यवाहक नगरप्रमुख इसरत परविनको संयोजकत्वमा ११ सदस्यीय छाडा चौपाया नियन्त्रण तथा व्यवस्थापन निर्देशिका २०७९ को दफा ३ बमोजिम छाडा चौपाया नियन्त्रण अनुगमन तथा समन्वय समिति समेत गठन गरिएको छ ।
गठित समितिको सदस्यहरुमा वडा नं. २ का अध्यक्ष अरुण कुमार यादव, वडा नं. ३ का अध्यक्ष अनिल कुमार दास, वडा नं. ४ का अध्यक्ष दिनेश कुमार साह कसेरा, कार्यपालिका सदस्य मो. इलयास मियाँ, कृषि शाखा प्रमुख, सरसफाई प्रमुख, जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि, जिल्ला प्रहरी कार्यालयका प्रतिनिधि, जिल्ला समन्वय समितिका महिला सदस्य प्रतिनिधि र पशु विकास शाखा प्रमुख छन् ।
राजविराजको विभिन्न सडकहरुमा छाडा रुपमा देखिने गाई, भैँसी, बाछा–बाछी, कुकुर तथा अन्य चौपायाका कारण मानिसहरुलाई हिडडुल गर्न तथा यातायात संचालनमा निकै कठिनाई हुने गरेको व्यापक जनगुनासो तथा सामाजिक संजालमा आएपछि नगरपालिकाले अग्रसरता देखाएको हो । यस्ता छाडा चौपायाले सडकमा ट्राफिकमा समस्या पार्ने तथा अन्य सार्वजनिक सम्पत्तिमा समेत क्षति पु¥याउने खालका गतिविधि हुन थालेपछि नगरपालिकाले छाडा पशुचौपाया नियन्त्रणमा लिने कार्यलाई अग्रसरता दिएको पालिकाका कार्यवाहक नगर प्रमुख इसरत परविनले बताइन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/01/21 लालपुर्जा माग्दै नापी कार्यालयमा घेराउ र धर्ना
- 2082/01/21 महायज्ञको मुख्यमन्त्री सिंहले गरे शुभारम्भ
- 2082/01/21 बैशाख २३ र जेठ २८ गते मधेशमा सार्वजनिक बिदा
- 2082/01/21 महिलालाई आत्मनिर्भर बनाउने प्रयास
- 2082/01/19 आन्दोलित नगरवासीद्वारा हस्ताक्षर संकलन अभियान सुरु
- 2082/01/19 रोकिराखेको टिपरमा मोटरसाइकल ठोकिदा चालकको मृत्यु
- 2082/01/18 संघर्ष समितिले नगरका चौक, पसल र घर घरमा कालो झण्डा झुण्ड्याए
- 2082/01/18 पर्यटन प्रवर्धन र विकासका लागि पर्यटन बोर्ड छिट्टै गठन हुँदैछ ः मन्त्री अली
- 2082/01/18 तीन वर्षभित्रै सुकुम्बासी, अव्यवस्थित बसोबासी समस्याको समाधान हुन्छ ः अध्यक्ष रिजाल
- 2082/01/18 जसपा केन्द्रिय सदस्य डा. बबीले पेस्तोल पड्काएपछी ...
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ