News Category 2081/09/25
ठोस योजना नभएका कारण युवाहरू बिदेशिदै ः अध्यक्ष यादब
दैनिक समाचारदाता
राजविराज, २५ पुस ।
सप्तरीको तिरहुत गाउपालिका अध्यक्ष बिजय यादबले राष्ट्रिय समृद्व बनाउन र बिकास गर्न कुनै खाका, योजना नभएका कारण युवाहरु बैदेशिक रोजगारीमा जान बाध्य भएको बताएका छन् ।
सबल नेपालको आयोजनामा युएसएआईडीको सहयोग, द एसिया फाउन्डेशन मुख्य कार्यन्वयन संस्थाले बिहीबार संचालन गरेको नागरिक, समाज तथा संचार कार्यक्रम अन्तर्गत युवा संजालसँग पालिकास्तरिय समन्वय बैठकमा उनले सो कुरा बताएका छन ।
लघुउधम अन्तर्गत सानो सानो उधोग संचालन गरेमा युवाहरूको रोजगारको ग्यारेन्टी हुने बिश्वास ब्यक्त गर्दै उनले सामाजिक बिकृतिमा रहेको लागु औषध, दहेज प्रथा, बालविवाह, हिंसा हटाउन युवा संजाल सक्रिय हुनुपर्नेमा जोड समेत दिए ।
पालिकास्तरिय युवा संजालका अध्यक्ष रामकुमार रजकले तिरहुत गाउपालिकाको सामुदायिक बिधालयहरूको शिक्षा र स्वास्थ सेवामा निकै कमजोर रहेकोले स्थानिय सरकार गम्भीर हुनु पर्नेमा जोड दिए ।
सबल नेपालले नाागरिक, समाज तथा संचार कार्यक्रम अन्तर्गत जिल्लाको १८ वटै पालिकामा युवा संजाल गठन भई युवाहरूको अधिकार, न्यायमा पहुच, क्षमता बिकास तथा साझा सवालमा बकालत अभियान कार्यक्रम गर्दै आएको सबल नेपालका कार्यक्रम अधिकृत सवनम यादबले जानकारी दिईन ।
नागरिक, समाज तथा संचार कार्यक्रम अन्तर्गत पालिकास्तरिय युवा संजालहरूको अगुवाईमा युवाको साझा सवाल र सामाजिक मुद्वामा बकालत अभियान कार्यक्रम जिल्लाको १५ वटा पालिकामा सम्पन्न गरेको ब्यबस्थापक यादबले बताए ।
कार्यक्रममा वडा ४ का अध्यक्ष बलराम यादब, शिक्षा संयोजक धनेश्वर यादब, स्वास्थ संयोजक रमेश यादबलगायतले मन्तव्य दिएका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ