News Category 2081/09/26
सशस्त्र प्रहरीको न्यानो बाँड्ने अभियान शुरु
दैनिक समाचारदाता
राजविराज, २६ पुस ।
चिसोले जनजीवन कष्टकर बन्दै गएका बेला सशस्त्र प्रहरी बल नं. ६ गण हेडक्वाटर सप्तरीले चिसोबाट अत्यधिक प्रभावित भएका विपन्न वस्तीमा पुगेर न्यानो बाँड्ने अभियान शुरु गरेको छ ।
सशस्त्र प्रहरीले जिल्लाको डाक्नेश्वरी नगरपालिका, बोदेवर्साइन नगरपालिका, सप्तकोशी नगरपालिकाका साथै तिलाठी कोइलाडी गाउँपालिका, विष्णुपुर गाउँपालिका, छिन्नमस्ता गाउँपालिका, बलान विहुल गाउँपालिका लगायतका विभिन्न चौक र विपन्न वस्ती मै पुगेर न्यानो कपडा र कम्बल वितरण गर्नुका साथै ठाउँ ठाउँमा दाउरा बालेर आगो ताप्ने व्यवस्था समेत मिलाउन थालेको हो ।
जाडोका कारण कष्टप्रद जीवनयापन गर्न बाध्य सर्वसाधारणलाई थोरै भएपनि न्यानो पार्ने उद्देश्यले ठाउँ ठाउँमा आगो ताप्ने ब्यवस्था मिलाउनुका साथै न्यानो लुगा वितरण गर्न थालिएको सशस्त्र प्रहरी उपरिक्षक ज्ञानमणी पौड्यालले बताए ।
सप्तरीमा प्रत्येक वर्ष जाडोको मौसम गरिब र विपन्न समुदायका लागी ठुलो काल बनेर आउने गरेको छ । यस्तो अवस्थामा विपन्न समुदायको पीडामा मलहम लगाउने प्रयास गरिएको सशस्त्र प्रहरी बल नं. ६ गण हेडक्वाटर सप्तरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ