News Category 2081/09/26
अहिलेको पत्रकारिता निकै चुनौतीपूर्ण छ ः मुख्य न्यायाधिश ज्ञवाली
दैनिक समाचारदाता
राजविराज, २६ पुस ।
उच्च अदालत जनकपुर–राजविराज इजलाशका मुख्य न्यायाधीश बामदेव ज्ञवालीले अहिलेको पत्रकारिता निकै चुनौतीपूर्ण रहेको बताएका छन् ।
नेपाल पत्रकार महासंघ सप्तरीद्वारा शुक्रबार राजविराजमा आयोजित ३१ औं लोकेन्द्र स्मृति दिवस एवं २९ औं लोकेन्द्र स्मृति पत्रकारिता पुरस्कार कार्यक्रमलाई प्रमुख अतिथिको आसनबाट सम्बोधन गर्दै मुख्य न्यायाधिश ज्ञवालीले यस्तो बताएका हुन् ।
अहिलेको अवस्थामा प्रविधि विकासले गर्दा पत्रकारितामा चुनौती थपिएको उल्लेख गर्दै उनले समाजलाई विभिन्न सूचनाका साथै सत्यतथ्य, स्वतन्त्र, निश्पक्ष र निडरका साथ कलम चलाउनु पर्नेमा जोड दिए ।
एक अर्को प्रसङ्गमा उनले अदालत न्याय प्रक्रिया सम्पादनमा अहिले निकै अगाडी बढीसकेको अवस्थामा सेवाग्रहीले पाउनु पर्नेअधिकार अझै पाउन नसकेको प्रति गुनासो पोखे । सेवाग्राहीहरु बिचौलियाको कारण न्याय पाउनबाट बञ्चित भइरहेको समेत बताए ।
नेपाल पत्रकार महासंघ शाखा सप्तरीद्वारा स्व.पत्रकार लोकेन्द्र बुढाथोकीको स्मृति एवं सम्मानमा स्थापना गरिएको पत्रकारिता पुरस्कारबाट रासस राजविराजका संवाददाता अरुण कुमार यादव सम्मानित भएका छन् । पुरस्कारको राशी ५ हजार ५ तथा कदरपत्र रहेको छ ।
यस्तै प्रेस स्वतन्त्रता सेनानी तथा आजको वातावरण दैनिकका सम्पादक बैजनाथ झाद्वारा स्थापित वातावरणीय पत्रकारिता पुरस्कार अर्चना परियार दर्जीलाई प्रदान गरिएको छ ।
आयोजित कार्यक्रममा प्रमुख अतिथी मुख्य न्यायाधिश ज्ञवालीले पत्रकारद्वय यादव र परियारलाई उक्त सम्मान प्रदान गरे ।
विगत एक दशक देखी पत्रकारीताको माध्यमले समाज उत्थानमा योगदान पु¥याए वापत उनीहरुलाई सम्मान गरिएको पुरस्कार छनौट समितीका संयोजक मुरलीप्रसाद यादवले बताए ।
पत्रकार महासंघ शाखा सप्तरीका अध्यक्ष श्रवण कुमार देवको अध्यक्षतामा आयोजित उक्त कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्यद्वय ललिता साह र राजु विश्वकर्मा, पत्रकार महासंघका पूर्व अध्यक्षहरु बैजनथा झा, मुरली प्रसाद यादव, धिरेन्द्र प्रसाद साह, विष्णु मण्डल, प्रेस काउन्सीलका पूर्व सदस्य एवं वरिष्ठ पत्रकार अनिलकुमार अनल, प्रेस युनियनका अध्यक्ष बिनयलाल कर्ण, प्रेस मञ्चका अध्यक्ष भुषण कुमार सिंह, प्रेस सेन्टरका अध्यक्ष बिन्दु यादव, समाजवादी प्रेस संगठनका अध्यक्ष अनिल पोखरेल, महासंघका पूर्व सल्लाहकार मनोहर कुमार पोखरेललगायतले स्व. पत्रकार बुढाथोकीको जिवनी बारे प्रकाश गर्दै पुरस्कृत पत्रकारहरुलाई शुभकामना दिएका थिए ।
सप्तरीलाई कार्यक्षेत्र बनाएर निर्भिक, निडर तथा निश्पक्ष पत्रकारिता गर्दै आएका बुढाथोकीको २९ वर्षअघि रहस्यमय मृत्यु भएको थियो । हालसम्म पनि उनको मृत्युको रहस्य भने खुल्न सकेको छैन् । स्व. पत्रकार बुढाथोकीको स्मृती एवं सम्मानमा पत्रकार महासंघ शाखा सप्तरीले प्रत्येक वर्ष उनको स्मृति दिवसको अवसर पारेर सप्तरीका एक जना पत्रकारलाई सम्मानित गर्दै आएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/04 ट्राफिक व्यवस्थापन नहुँदा नगर अस्तव्यस्त
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ