News Category 2081/09/27
समयमा ऋण चुक्ता नगर्दा बचतकर्तालाई भुक्तानी दिन कठिनाई ः अध्यक्ष चौधरी
दैनिक समाचारदाता
राजविराज, २७ पुस ।
प्रभु बचत तथा ऋण सहकारी संस्था राजविराजले शनिवार १३ औं बार्षिक साधाराणसभा सम्पन्न गरेको छ ।
कार्यक्रममा प्रमुख अतिथि जिल्ला बचत तथा ऋण सहकारी संघ सप्तरीका अध्यक्ष भगवानी प्रसाद चौधरीले ऋणीहरुले समयमा ऋण चुक्ता नगर्दा बचतकर्तालाई भुक्तानी दिन कठिनाई हुने गरेको बताएका छन् ।
उनले ऋण लगानीको रकम समयमा फिर्ता नहुँदा बचतकर्ताको रकम चुक्तामा ढिलाई हुने गरेको कारण सहकारी प्रति जनमानसमा एक किसिमको नाकारात्मक धारणा फैलिएको बताए ।
‘ऋण नदिए सहकारीमा तरलता आउँछ तर, ऋण लगानी गर्दा जोखिम छ’ यो सत्य पनि सबैलाई बुझ्न आग्रह गरे । आम सर्वसाधारणमा सहकारी प्रति फैलिएको नकारात्म धारणालाई चिर्न सहकारी संस्थाहरु पारदर्शि हुनु आवश्यक रहेको प्रमुख अतिथि चौधरीले बताए ।
बार्षिक साधारणसभाको सफलताको शुभकामना दिदै केही सहकारीले गडबड गर्दैमाा सबै सहकारी प्रति त्यस्तै हुन्छ भन्ने किसिमकको धारणा नबनाउन उनले सबै संग आग्रह गरे । ‘सहकारी एउटा सामाजिक संस्था हो । यो कुनै बैंक वा लघुवित्त संस्था होईन’ उनले भने ।
संस्थाका अध्यक्ष सर्फराज अंसारीको अध्यक्षातामा आयोजित कार्यक्रमा विशिष्ठ अतिथि राष्ट्रिय सहकारी बैंक लिमिटेड राजविराज शाखाका प्रमुख विरबल राजवंशी, नेपाल पत्रकार महासंघका कोषाध्यक्ष नवीन कुमार गुप्ता, नेपाल प्रेस युनियन सप्तरीका अध्यक्ष विनय कुमार लाल कर्ण लगायतकाले आम जनमानसमा सहकारी प्रति रहेको नकारात्मक धारणा लाई चिर्न समुदायमा आधारित कामहरु गर्न सुझाव दिदै साधारणसभाको सफलताको शुभकामना दिएका थिए ।
यसैबीच संस्थाले बार्षिक साधारणसभाको अवसरमा वरिष्ठ संचालक लक्ष्मण यादव, संस्थाका कर्मचारी मनु कुमार चौधरीलाई सम्मान समेत गरेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/04 ट्राफिक व्यवस्थापन नहुँदा नगर अस्तव्यस्त
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ