News Category 2081/09/29
दुई मन्त्रिसहितको सुरक्षा निकायका प्रमुख गोबरगाढामा, चोरी तस्करी रोक्न सुरक्षा निकायलाई मन्त्री लेखीको निर्देशन

दैनिक समाचारदाता
राजविराज, २९ पुस ।
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १३ गोबरगाढाको अवस्था बुझ्न मधेश प्रदेश सरकारका दुई मन्त्री सोमबार सुरक्षा निकायका प्रमुखहरुको टोलीसहित पुगेका छन् । मधेश प्रदेशका गृह, संचार तथा कानुन मन्त्री राजकुमार लेखी, वन तथा पर्यटन मन्त्री सकिल अलिसहितको टोलीले त्यहाका जनप्रतिनिधि र अगुवाहरुलाई भेटेर आवश्यक जानकारी लिएका थिए ।
सो क्रममा गृह, संचार तथा कानुन मन्त्री लेखीले स्थानीयको समस्या समाधान तथा चोरी तस्करी नियन्त्रणका लागि गर्नु पर्ने प्रयास बारे समेत स्थानीयवासी सँग छलफल गरेका थिए । उनले तस्करी नियन्त्रणका लागि आवश्यक उपाय अवलम्बन गर्न स्थानीय सुरक्षा निकायलाई निर्देशन समेत दिए ।
टोलीले उक्त गाउँको अवलोकन गर्दै स्थानीयसँग त्यहाको अवस्था र उनीहरुको समस्या बारे आवश्यक जानकारी लिएका छन् । सो क्रममा अधिकांश स्थानीयले वर्षायाममा कोशी कटानले भोग्नुपरेको पीडा तथा यहाँबाट हुने चोरी तस्करीको बारेमा टोलीलाई आवश्यक जानकारी गराएका थिए ।
सो टोलीमा मधेश प्रदेशका नीति आयोगका सदस्य डा. शिला मिश्रा, नेपाल प्रहरीका प्रदेश प्रमुख डिआइजी लालमणि आचार्य, सशस्त्र प्रहरीका डिआइजी कालीदास धौबाजी, राष्ट्रिय अनुसन्धानका निर्देशक माधव तिमिल्सिना, प्रमुख जिल्ला अधिकारी भोला दाहाल, जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरिक्षक ढकेन्द्र खतिवडा, सशस्त्र प्रहरी उपरिक्षक ज्ञानमणि पौड्याल, हनुमाननगर कंकालिनी नगरपालिकाका नगरप्रमुख बिरेन्द्र माझीसहितको टोली गोबरगाढा पुगेका हुन् ।
भारतीय सीमासँग जोडिएको उक्त गाउँबाट विशेष गरि मदिरा, गाँजा, स्याउ, लहसुन लगायतका सरसामान भारततर्फ चोरी तस्करी हुने गरेको स्थानीयले टोली समक्ष जानकारी गराएका थिए । उक्त गाउँमा एक सय परिवारका करिब तीन सय जनाको बसोवास रहेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
- 2082/06/15 छिन्नमस्ता मन्दिर परिसरमा सेनाद्वारा निर्मित शिव मन्दिरको उद्घाटन
- 2082/06/14 सप्तरीका धार्मिकस्थलमा भक्तजनको भीड
- 2082/06/17 सुख्खा तथा खडेरी प्रभावित किसानहरुलाई राहत उपलब्ध
- 2082/06/12 एकल महिलाको सहारा बन्दै जुही
- 2082/06/12 याडियाको स्कुटर सप्तरीको बजारमा
- 2082/06/10 आन्दोलनका क्रममा दलका पार्टी कार्यालय, नेता र जनप्रतिनिधिको निवासमा गरि एक करोडको क्षति
- 2082/06/10 संसद भवन बचाउने क्रममा गोली चलाएर गरिएको ठूलो नरसंहार उचित होइन ः महामन्त्री शर्मा
- 2082/06/08 जेनजी आन्दोलनका क्रममा सप्तरीका पालिका र सरकारी कार्यालयमा ७५ करोड भन्दा बढीको क्षती
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ