News Category 2081/10/01
सार्वजनिक विदाका दिन सरकारी गाडीको दुरुपयोग, जनप्रतिनिधि चढेको सरकारी गाडीको ठक्करबाट दुई जना गम्भिर
दैनिक समाचारदाता
राजविराज, १ माघ ।
सार्वजनिक बिदाका दिन मंगलबार राजविराज नगरपालिकाको गाडीले मोटरसाइकललाई ठक्कर दिँदा दुई जना गम्भिर घाइते भएका छन् ।
हुलाकी सडक खण्ड अन्तरगत सप्तरीको बोदेबर्साइन नगरपालिका ५ स्थित विद्युत प्राधिकरण कार्यालय नजिकै बिहान राजविराज नगरपालिकाको स.१झ. ४८१ नम्बरको स्कारपियोको ठक्करबाट मोटरसाइकल सवार दुई जना गम्भिर घाइते भएका हुन् ।
घाइते हुनेहरुमा को.३०प. २७३७ नम्बरको मोटरसाइकल चालक बोदेबर्साइन नगरपालिका १ निवासी १५ वर्षिय राजेशकुमार यादव र मोटरसाइकलको पछाडी सवार सोही वडा निवासी २० वर्षिय अमितकुमार यादव छन् ।
दुबै जनालाई स्थानीय जिवन ज्योती अस्पतालमा प्रारम्भिक उपचारपछी थप उपचारका लागि धरानस्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको प्रहरीले जनाएको छ ।
यस्तै दुर्घटनामा नगरपालिकाको गाडीको अग्रभाग तथा मोटरसाइकलको पुरै भाग क्षतिग्रस्त भएको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायब उपरिक्षक जितेन्द्र कुमार बस्नेतका अनुसार बिहान १० बजेतिर भएको घटना लगत्तै भागेको गाडीलाई प्रहरीले एक किलोमिटर टाढा चन्हीबाट नियन्त्रणमा लिएको थियो ।
गाडीका चालक बिनोद साहले चलाइरहेको उक्त गाडीमा राजविराज नगरपालिकाका एक वडा अध्यक्षसहित चार पाँच जना सवार रहेको र तिब्र गतिका कारण साइड दिने क्रममा अनियन्त्रित भई मोटरसाइकलमा ठोकिन पुगेको स्थानीयको भनाई छ । घटनापछी चालक गाडीबाट फरार भएको र उनको खोजिकार्य भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/04 ट्राफिक व्यवस्थापन नहुँदा नगर अस्तव्यस्त
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ