News Category 2081/10/03
खाल्डोमा गाडिएको बालिकाको शव बाहिर भेटिएपछी ...

दैनिक समाचारदाता
राजविराज, ३ माघ ।
राजविराज नगरपालिका वडा नं. १५ देउरी भरुवा टोलस्थित खाँडो नदीमा बिहीबार बिहान एक दुई वर्षिया बालिकाको शव क्षतविक्षत अवस्थामा भेटिएको छ ।
प्रहरीका अनुसार तीन दिन अघि डुबेर मृत्यु भएको बालिकाको गाडीएको शव क्षतविक्षत अवस्थामा भेटिएको हो ।
घटना स्थलमा पुगेर प्रहरीले अनुसन्धान गर्दा तीन दिन अघि पुस २९ गते सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकका ५ कोइलाडी बर्साइनमा पोखरीमा डुबेर मृत्यु भएकी दुई वर्षिया साक्षी मण्डलको शव रहेको पत्ता लागेको थियो ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता नायब उपरिक्षक जीतेन्द्र कुमार वस्नेतका अनुसार सप्तरीको डाक्नेश्वरी नगरपालिका घर भई तिलाठी कोइलाडी गाउँपालिकास्थित मामा घर आएकी बेला ती बालिका साथीहरुसँग खेल्ने क्रममा अचानक खुट्टा चिप्लिएर पोखरीमा डुबेकी थिइन । उपचारका लागी अस्पताल ल्याउँदै गर्दा उनको मृत्यु भएको थियो ।
पोस्टमार्टम पश्चात उनका आफन्तजनले उक्त टोल नजिकै रहेको खाँडो खोलाको किनारमा शव गाडेका थिए । तर गहिरो खाडल नखनी गाडेपछि स्याल र कुकुर लगायतका जनावरले शव बाहिर निकालेको प्रहरीको भनाई छ ।
शरीरका कतिपय अंग जनावरले खाईसकेको अवस्थामा फेला परेको र सो शव तीन दिन अघि डुबेर मृत्यु भएकी साक्षी कै हो भनी पुष्टी भईसकेपछी पुनः सोही स्थानमा गहिरो खाडल खनेर अन्त्येष्टी गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
- 2082/06/15 छिन्नमस्ता मन्दिर परिसरमा सेनाद्वारा निर्मित शिव मन्दिरको उद्घाटन
- 2082/06/14 सप्तरीका धार्मिकस्थलमा भक्तजनको भीड
- 2082/06/17 सुख्खा तथा खडेरी प्रभावित किसानहरुलाई राहत उपलब्ध
- 2082/06/12 एकल महिलाको सहारा बन्दै जुही
- 2082/06/12 याडियाको स्कुटर सप्तरीको बजारमा
- 2082/06/10 आन्दोलनका क्रममा दलका पार्टी कार्यालय, नेता र जनप्रतिनिधिको निवासमा गरि एक करोडको क्षति
- 2082/06/10 संसद भवन बचाउने क्रममा गोली चलाएर गरिएको ठूलो नरसंहार उचित होइन ः महामन्त्री शर्मा
- 2082/06/08 जेनजी आन्दोलनका क्रममा सप्तरीका पालिका र सरकारी कार्यालयमा ७५ करोड भन्दा बढीको क्षती
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ