News Category 2081/10/04
पत्रकारको निर्वाचनमा कसैलाई हराउन वा जिताउनमा जनमतको कुनै संलग्नता छैन ः प्रवक्ता डा. यादव
दैनिक समाचारदाता
राजविराज, ४ माघ ।
जनमत पार्टीका प्रवक्ता डा.शरद सिंह यादवले पत्रकार महासंघको हालै सम्पन्न निर्वाचनमा कसैलाई जिताउन र कसैलाई हराउन आप्mनो पार्टीको कुनै संलग्नता नरहेको प्रतिक्रिया दिएका छन ।
पार्टीका अध्यक्ष डा.सिके राउतकी पत्नी सोनी सिन्धुरानीले सामाजिक सञ्जाल मार्फत नेपाल पत्रकार महासघ शाखा सप्तरीको गत मंसिर २८ गते भएको निर्वाचनमा अध्यक्ष पदका प्रत्याशी रहेका बैद्यनाथ यादवलाई हराउन जनमत पार्टीले पैसाको चलखेल गरेको भनी लगाएको आरोपको खण्डन गर्दै उनले यस्तो प्रतिक्रिया दिएका हुन ।
सप्तरीका सञ्चारकर्मीहरुले फोन मार्फत राखेको जिज्ञासाका जवाफमा प्रवक्ता डा. यादवले भने “सोनीसिन्धुले पार्टीका बारेमा लगाएको आरोपमा कुनै सत्यता छैन, उहाँ पार्टीको कुनै पदमा हुनुहुन्न, उहाँले बोलेका कुराको जिम्मेवारी पनि उहाँ नै हो ।” उहाँलाई हाम्रा पार्टीका अध्यक्ष डा.राउतको श्रीमतीको रुपमा सबैले चिन्छन उनले थपे–“पार्टीसँग उनको कुनै साइनो छैन ।”
सोनी सिन्धुरानी आफ्नो पार्टीका अध्यक्ष डा.राउतकी श्रीमती मात्र रहेको बताउँदै डा. यादवले उहाँहरुबीच अहिले सम्बन्ध विच्छेदको मुद्दा अदालतमा विचाराधिन रहेको जनाए ।
राज्यको चौथो अंगको रुपमा रहेको सञ्चारक्षेत्रलाई जनमत पार्टीले उच्च सम्मान गर्ने गरेको बताउदै उनले पत्रकारको चुनावमा आपृmुहरुले त्यस्तो कुनै गतिविधी नगरेको दाबीका साथ त्यस्तो भ्रामक अफवाह फैलाउने सोनीसिन्धु रानीसँग नै पत्रकारहरुले नै स्पष्टीकरण लिनु पर्ने जनाए ।
उनले पार्टीको बढदो लोकप्रियतालाई हेर्दै केही व्यक्तिले अफवाह फैलाउने र नीजि तथा पारिवारीक असमझदारीलाई अनावश्यक रुपमा उछालेर सर्वसाधारणमा भ्रम फैलाउने काम गरिरहेको दाबी समेत गरे ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/04 ट्राफिक व्यवस्थापन नहुँदा नगर अस्तव्यस्त
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ