News Category 2081/10/05
एकै दिन तीन शैक्षिक संरचनाको शिलान्यास, शिक्षा बिना मुलुकको विकास सम्भव छैन् ः मन्त्री साह
राजविराज÷महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री नवल किशोर साहले शिक्षा बिना मुलुकको विकास सम्भव नरेहको बताएका छन् ।
सप्तरीको हनुमाननगर कंकालिनी र कंचनरुप नगरपालिकामा शनिबार तीन वटा विद्यालयको थप कक्षा कोठा भवनको शिलान्यास गर्दै मन्त्री साहले पछाडी पारिएका वर्गलाई शिक्षाको मुलधारमा नल्याएसम्म मुलुकको विकास सम्भव नहुने बताएका हुन् ।
कंचनरुप नगरपालिकास्थित सर्वोदय उच्च माध्यमिक र आधारभुत विद्यालय तथा हनुमाननगर कंकालिनी नगरपालिकास्थित माध्यमिक विद्यालय मधवापुरमा विद्यालयको थप कक्षा कोठाका लागि उनले भवन शिलान्यास गरे ।
सोही क्रममा मन्त्री साहले शिक्षाको स्तर उकास्न र कक्षा कोठाको अभावमा बालबालिकाले समस्या भोग्नु नपरोस भन्ने उद्देश्यका साथ आफ्नो पहलमा पाँच वटा विद्यालयमा कक्षा कोठा बिस्तारका लागि एक÷एक करोड गरि पाँच करोड रुँपैया बजेट ब्यवस्थापन गर्न सफल भएको जानकारी दिए ।
सोही दिन अत्याधिक चिसोका कारण समस्यामा परेका हनुमाननगर कंकालिनी नगरपालिका ४ मधवापुरका चिसो पीडित विपन्न समुदायलाई मन्त्री साहले ५ सय थान कम्बल बितरण समेत गरे ।
सो क्रममा जनतालाई मालिक र देउताको संख्या दिएका उनले आफू जनताको सेवा कै लागि राजनीतिमा आएको स्पष्ट पारे । उनले क्षमताले भ्याएसम्म समस्यामा परेका जनताका लागि निस्वार्थ भावले बाचुनजेल सेवा प्रदान गरिरहने तत्परता समेत व्यक्त गरेका छन् ।
शिलान्यास तथा कम्बल बितरण कार्यक्रममा पूर्वसांसद नागेन्द्र झा, हनुमाननगर कंकालिनी नगरपालिकाका पूर्व मेयर शैलेश साह, प्रधानाध्यापक प्रमोद कुमार यादव, राजेश्वर प्रसाद साह, वडाअध्यक्ष गुलटेन चौधरी, मेहदी हसन, दामोदर खडगा, महिला नेतृ सरितादेवी यादव, अनुराधा साह, जसपा नेता भोला पासवान, चित्ररन्जन यादव लगायतको समेत उपस्थिति रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
- 2082/10/14 नेपालकै पुरानो चन्द्रनहरको ३२ स्थानमा पुनर्निमाण कार्य सकाएर जापानद्वारा नेपाललाई हस्तान्तरण
- 2082/10/14 एकै रात प्रहरीका घरदेखि साईकल मरम्मतका पसल सम्म चोरी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ