News Category 2081/10/06
दश रुँपैया जरिवाना गरिएका महिलासहित ८ फरार प्रतिवादी पक्राउ
दैनिक समाचारदाता
राजविराज, ६ माघ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीले आइतबार कुटपिट र लुटपिट तथा जालसाजीका दुई महिलासहित ८ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा कुटपिट र लुटपिट घटनाका पुनम चौधरी र जालसाजी घटनाका मन्जुदेवी बरै छन् । दुबै जना राजविराज नगरपालिकाका बासिन्दा हुन् ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायब उपरिक्षक जितेन्द्र कुमार बस्नेतका अनुसार राजविराज नगरपालिका वडा नं. ३ निवासी बरैलाई सप्तरी जिल्ला अदालतले जालसाजी मुद्दामा १० रुपैया जरिवाना गरेको थियो ।
यस्तै राजविराज नगरपालिका २ निवासी पुनमलाई सप्तरी जिल्ला अदालतले कुटपिट र लुटपिट मुद्दामा १ सय १५ रुँपैया जरिवाना गरेको थियो ।
यसैगरि लुटपिट मुद्दाका ४, सवारी ज्यानका १, कुटपिट र लुटपिटका १ र जालसाजीका २ मुद्दाका गरि जम्मा ८ जना फरार अभियुक्तहरु पक्राउ परेको प्रहरीले जनाएको छ । ती सबै जना राजविराज नगरपालिकाकै बासिन्दा हुन् । उनीहरुलाई रु. ५ देखी एक सय रुपैया सम्म जरिवाना तोकिएको छ ।
अदालतबाट उक्त मुद्दाहरुमा फैसला भई कैद तथा जरिवाना तोकिएपछि उनीहरु फरार रहेको प्रहरीको भनाई छ । पक्राउ परेका आठै जनालाई आइतबार नै अदालतमा उपस्थित गराइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ