News Category 2081/10/08
लक्ष्मीपुरमा विद्युत प्राधिकरणको फ्युज सेवा र महसुल काउण्टर स्थापना
दैनिक समाचारदाता
राजविराज, ८ माघ ।
सप्तरीको सुरुङ्गा नगरपालिका ३ लक्ष्मीपुरमा नेपाल विद्युत प्राधिकरणको फ्युज सेवा तथा महसुल काउण्टर स्थापना गरिएको छ ।
सुरुङ्गा नगरपालिकाले वडा नं. ३ स्थित वडा कार्यालय परिसरमै उपलब्ध गराएको भवनमा स्थापना गरिएको सो फ्युज सेवा तथा महसुल काउण्टरको मंगलवार एक कार्यक्रमका बीच नेपाल विद्यत प्राधिकरण मधेश प्रादेशिक कार्यालयका प्रमुख ईञ्जिनियर शम्भु कुसियैतले उद्घाटन गरे ।
कार्यक्रममा बोल्दै प्रमुख कुसियैतले ग्राहकहरुलाई सहज सुल्भ ढंगबाट सेवा प्रवाह गर्न फ्युज सेवा र महसुल काउण्टर स्थापना गरिएको बताए । उनले यसबाट सेवाग्राहीहरुको समयसँगै पैसाको समेत बचत हुने बताउँदै सिंचाई विद्युतीकरणका लागि स्थानीय सरकारसँग समन्वय भईरहेको जानकारी समेत दिए ।
नेपाल विद्युत प्राधिकरण बोदेबसाईन वितरण केन्द्रद्वारा स्थापना गरिएको सो फ्युज सेवा तथा महसुल काउण्टरबाट सुरुङ्गा नगरपालिकाको वडा नम्बर १ देखि ४ सम्मका करिब १० हजार ग्राहक लाभाम्बित हुने जनाएको छ ।
सो क्षेत्रमा महसुल काउण्टर नहुदाँ स्थानीय ग्राहकहरु महसुल बु्झाउन बोदे बसाईनस्थित वितरण केन्द्रमै पुग्नु पर्ने बाध्यतालाई मध्यनजर गरी लक्ष्मीपुरमा फ्युज सेवा तथा महसुल काउण्टर स्थापना गरिएको नेपाल विद्युत प्राधिकरण बोदेबसाईन वितरण केन्दका प्रमुख ईञ्जिनियर संयोग विश्वकर्माले बताए ।
उक्त क्षेत्रमा फ्युज सेवा मर्मत सम्भारका साथै ग्राहकबाट महसुल बुझ्ने उद्द्ेश्यले स्थापना गरिएको सो काउण्टरमा हालका लागि तीन जना कर्मचारी परिचालन गरिएको र आवश्यकता अनुसार अन्य कर्मचारी समेत व्यवस्थापन गरिने प्रमुख विश्वकर्माले जनाए ।
कार्यक्रममा सुरुङ्गा नगरपालिकाका नगरप्रमुख गिता चौधरी, वडा नं. ३ का वडा अध्यक्ष किरण पोखरेल, नेपाल विद्युत प्राधिकरण राजविराज वितरण केन्द्रका प्रमुख लखनलला मल्लिक लगायतले आ–आफ्ना धारणा राखेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/04 ट्राफिक व्यवस्थापन नहुँदा नगर अस्तव्यस्त
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ