News Category 2081/10/08
चिसोले मधेशको जनजीवन कष्टकर, एकको मृत्यु
_7f8.jpg)
दैनिक समाचारदाता
राजविराज, ८ माघ ।
शीतलहर तथा बाक्लो हुस्सुका कारण बढेको चिसोले मधेशको जनजीवन कस्टकर बन्दै गएको बेला मंगलवार बिहान चिसोले कठ्याँग्रिएर सप्तरीमा एक जनाको मृत्यु भएको छ । जिल्लाको तिलाठी कोइलाडी गाउँपालिका वडा नं. ४ का ५५ वर्षिय भुटाई साहको चिसोले मृत्यु भएको वडा कार्यालयले जनाएको छ ।
विहान ७ बजे तीर ओछ्यानबाट उठेर शौचका लागी घर बाहिर निस्के लगत्तै साह ठण्डी लागेर बेहोस भइ लडेको र उपचारका लागी स्वास्थ्य चौकी लाँदा स्वास्थ्यकर्मीले मृत घोषित गरेको वडा अध्यक्ष मुनीलाल मुखियाले बताए ।
केहि दिन यता विहानैदेखी चल्ने शितलहरले जनजीवन नराम्ररी प्रभावित भएको छ । बाक्लो हुस्सु र निरन्तर चलिरहेको सिरेटोका कारण जाडो बढ्दा स्थानीयवासीको जनजीवन कष्टकर बनेको छ । विषेश गरी ग्रामिण क्षेत्रका विपन्न वस्तीमा चिसोले बढी प्रभाव पारेको छ ।
टोल टोलमा दाउरा बालेर आगो ताप्ने क्रम बढेको छ । चिसोबाट अति विपन्न, मुसहर र दैनिक ज्यालादारी गरेर गुजारा चलाउने परिवार सबै भन्दा बढी मारमा परेका छन । अत्यधिक चिसोका कारण यहाँका विभिन्न अस्पतालमा विरामीको चाप समेत बढेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/03/05 कावा नगरप्रमुखले आर्थिक अनियमितता गरेको भन्दै राजनीतिक दलद्वारा छानबिनको माग
- 2082/03/05 विधि प्रक्रिया तथा प्राथमिकताको आधारमा जनताको आकांक्षा र आवश्यकता पुरा गर्ने ः सभामुख मण्डल
- 2082/03/04 सर्वदलिय बैठकबाट विभिन्न विकासीय योजनाहरु तत्कालै सम्पन्न गराउन निर्णय
- 2082/03/04 नगरपालिका कर्मचारीको आन्दोलन जारि
- 2082/03/04 ट्याक्टरले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु
- 2082/03/04 थ्री फेज कृषि विद्युतिकरणको शुभारम्भ
- 2082/03/04 लापरवाही गर्ने ठेकेदारलाई कारवाही तथा निर्माण कार्यलाई गति प्रदान गर्न माग
- 2082/03/03 राजविराज नगरपालिकाका निलम्बित मेयर र योजना अधिकृतसहित दुई दर्जन विरुद्ध प्रहरीमा किटानी जाहेरी
- 2082/03/03 बालुवामुनी गाजा लुकाइराखेका घटनाका फरार प्रतिवादी पक्राउ
- 2082/03/03 अधुरा रहेका राजविराजस्थित दुई सडक योजना दश दिनभित्रै संचालन हुने
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ