News Category 2081/10/10
कलेज जादै गरेकी किशोरी बलात्कृत, प्रतिकार गर्दा हात टुटाइयो
दैनिक समाचारदाता
राजविराज, १० माघ ।
सप्तरीको विष्णुपुर गाउँपालिका ७ की १५ वर्षिया किशोरीलाई कलेज जाँदे गरेको अवस्थामा गाउँ कै एक यूवाले बलात्कार गरेका छन ।
किशोरी बुधवार विहान ६ बजेतरि साईकल चढेर कलेजतर्फ जाँदै गरेको अवस्थामा सोही पालिकाको वडा नंं १ वस्ने १९ वर्षिय अकलेश कुमार मण्डलले बलात्कार गरेका हुन् ।
मण्डलले ती युवतीलाई कोशी नहरको डिलमा पु¥याएर बलात्कार गरेको प्रहरीले जनाएको छ । प्रतिकार गर्न खोज्दा मण्डलले ती किशोरीको बायाँ हात समेत टुटाईदिएका छन ।
विहान बाक्लो हुस्सु लागेको र एकान्त स्थल देखेर पहिलेदेखी नै लुकेर बसेका मण्डलले साइकल रोकेर किशोरीलाई डरत्रास देखाई नहर किनारमा लगी बलात्कार गरेको प्रहरीको अनुसन्धानमा खुलेको छ ।
पीडित किशोरी गाउँबाट करिब ४ किलोमिटर टाढा रहेको सदरमुकाम राजविराजस्थित वल्र्ड भिजन क्याम्पसमा कक्षा ११ मा अध्यनरत छिन ।
उक्त अपराधमा संलग्न मण्डललाई बुधवारै साँझ गाउँबाट पक्राउ गरिएको र विहीवार सप्तरी जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायब उपरिक्षक जीतेन्द्र कुमार बस्नेतले जानकारी दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ