News Category 2081/10/12
चिसोका कारण थप चार दिन विद्यालय बन्द
दैनिक समाचारदाता
राजविराज, १० माघ ।
विगत पाँच दिनदेखी सितलहर, बाक्लो हुस्सु तथा हावाका कारण बढेको अत्यधिक चिसोले जनजीवन कष्टकर बन्दै जादा राजविराजका सम्पूर्ण विद्यालयहरुमा थप चार दिन बिदा दिइएको छ ।
राजविराज नगरपालिकाका कार्यवाहक नगर प्रमुख इसरत परविनले शुक्रबार एक सूचना जारि गरि माघ १३ देखी १५ गतेसम्म नगर क्षेत्र भित्रका सम्पूर्ण संस्थागत तथा निजि विद्यालयहरु बन्द रहने जनाइएको छ ।
जारि सूचनामा “बढ्दै गइरहेको जाडो एवं शीतलहरका कारण विद्यालयहरुमा अध्यनरत बालबालिकाहरुको स्वास्थ्यमा पर्न सक्ने प्रतिकुल असरलाई मध्यनजर गर्दै माघ १३ देखी १५ सम्म र १८ गते शुक्रबार गरि चार दिन विद्यालयका प्रशासनिक कामकाज बाहेक सम्पूर्ण शैक्षिक क्रियाकलाप स्थगित गरिएको छ ।” उल्लेख छ ।
सूचनामा ती बिदाहरु वार्षिक बिदामा मिलान गर्ने गरि प्याबशन, एनप्याबशन र नेपाल प्याबशन सप्तरी समेतलाई बोदार्थ गरिएको छ ।
यता विहानैदेखी चल्ने शितलहरले जनजीवन नराम्ररी प्रभावित भएको छ । बाक्लो हुस्सु र निरन्तर चलिरहेको हावाका कारण चिसो बढ्दा जनजीवन झनै कष्टकर बनेको हो । विषेश गरी ग्रामिण क्षेत्रका विपन्न वस्तीमा चिसोले बढी प्रभाव पारेको छ ।
चिसोबाट अति विपन्न, असहाय र दैनिक ज्यालादारी गरेर गुजारा चलाउने परिवार सबै भन्दा बढी मारमा परेका छन । अत्यधिक चिसोका कारण यहाँका विभिन्न अस्पतालमा विरामीको चाप समेत बढेको छ ।
चिसोकै कारण मंगलबार बिहान जिल्लाको तिलाठी कोइलाडी गाउँपालिका वडा नं. ४ का ५५ वर्षिय भुटाई साहको मृत्यु भएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ