News Category 2081/10/12
महिला अभियन्ताहरुले विवाहको उमेर घटाउने प्रस्ताव बिरुद्ध प्रधानमन्त्रीलाई बुझाए ज्ञापन
दैनिक समाचारदाता
राजविराज, १० माघ ।
प्रतिनिधिसभाको कानुन, न्याय तथा मानवअधिकार समितिद्वारा गठित उपसमितिले हाल कायम रहेको २० वर्ष विवाहको उमेर हदलाई घटाएर १८ वर्ष राख्ने भनी दिएको प्रस्ताव र सुझाव बिरुद्ध सप्तरीका महिला अभियन्ताहरुले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन् ।
उक्त प्रस्ताव र सुझाव आफूहरुलाई अमान्य रहेको तथा विवाहको उमेर हद २० वर्ष नै कायम हुनु पर्ने मागसहित सप्तरीका एक दर्जन महिला अभियन्ताहरुले शुक्रबार प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन बुझाएका हुन् ।
उनीहरुले विगतमा लामो अध्ययन, अनुसन्धान तथा बैज्ञानिक तथ्यका आधारमा कानुनी रुपमै विवाहको उमेर २० वर्ष तय गरिएको भन्दै सोही व्यवस्था कायम राख्नुपर्ने माग समेत गरेका छन् ।
परिकल्पना नेपाल सप्तरीकी अध्यक्ष सुधा देव, मैथिली साहित्य कला प्रतिष्ठान नेपालकी अध्यक्ष रमिला साह, बालविवाह बिरुद्ध प्रदेश स्तरिय संजालकी रिमा चौधरी, महिला मानवअधिकार संजालकी अनिता देवकोटा, मानवअधिकारका लागि एकल महिला समूहकी माधवी साह, मेची महाकाली बुहारी संयुक्त आवाजकी रत्ना तामाङ, महिला बालबालिका तथा सामुदायिक विकास केन्द्रकी नानीमैया कटुवाल, मैथिली महिला परिषदकी प्रतिमा देवकी साथै इन्टलेक्च्युल फाउण्डेशन नेपाल, ब्रिज नेपाल, संचार यात्रा, युनाइटेड डेप्लपमेन्ट नेपाल लगायत संस्थाका प्रतिनिधि सम्मिलित टोलीले प्रमुख जिल्ला अधिकारी भोला दाहाल मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएका छन् ।
उक्त ज्ञापनपत्रमा मुलुकी देवानीसहिता २०७४ को दफा, ७० उपदफा १ (घ) अनुसार विवाहको उमेर २० वर्ष हुनु पर्ने व्यवस्था हुनुपर्नेमा २०८१ माघ २ गते प्रतिनिधिसभाको कानुन, न्याय तथा मानवअधिकार समितिले गठन गरेको उपसमितिले विवाहको उमेर २० वर्षबाट घटाएर १८ वर्षमा झार्न दिएको प्रस्ताव र सुझाव आफूहरुलाई अमान्य हुने उललेख गरेका छन् ।
कम उमेरमा विवाह हुँदा छिटो गर्भवती हुने, बालिकाको मृत्यु हुन सक्ने तथा गर्भवती आमा र बच्चा दुबैको स्वास्थ्यमा गम्भिर असर पर्ने ज्ञापनपत्रमा उल्लेख छ ।
यस्तै कम उमेरमा विवाह हुँदा किशोरकिशोरी, महिला तथा युवाको स्वास्थ्य, शिक्षा र मानसिक अवस्थामा पनि प्रत्यक्ष असर पार्ने भनी ज्ञापनपत्र मार्फत चिन्ता व्यक्त गरिएको छ । १८ वर्षमा विहे गर्ने छुटले बालअधिकारको हनन् हुनुका साथै बालमैत्री, बालविवाह मुक्त पालिका, पोषण मैत्री, बाल श्रम मुक्त स्थानीय तह घोषणा लगायतका अभियान समेत प्रभावित हुने भन्दै ज्ञापनपत्र मार्फत विगतमा कायम रहेको विवाहको उमेर २० वर्ष नै कायम हुनुपर्ने माग गरिएको छ ।
ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी दहालले तत्तकालै सम्बन्धीत कार्यालयमा पठाउने प्रतिबद्धता जनाएको महिला अभियन्ता एवं परिकल्पना नेपालकी अध्यक्ष सुधा देवले जनाएकी छिन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
- 2082/06/15 छिन्नमस्ता मन्दिर परिसरमा सेनाद्वारा निर्मित शिव मन्दिरको उद्घाटन
- 2082/06/14 सप्तरीका धार्मिकस्थलमा भक्तजनको भीड
- 2082/06/17 सुख्खा तथा खडेरी प्रभावित किसानहरुलाई राहत उपलब्ध
- 2082/06/12 एकल महिलाको सहारा बन्दै जुही
- 2082/06/12 याडियाको स्कुटर सप्तरीको बजारमा
- 2082/06/10 आन्दोलनका क्रममा दलका पार्टी कार्यालय, नेता र जनप्रतिनिधिको निवासमा गरि एक करोडको क्षति
- 2082/06/10 संसद भवन बचाउने क्रममा गोली चलाएर गरिएको ठूलो नरसंहार उचित होइन ः महामन्त्री शर्मा
- 2082/06/08 जेनजी आन्दोलनका क्रममा सप्तरीका पालिका र सरकारी कार्यालयमा ७५ करोड भन्दा बढीको क्षती
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ