News Category 2081/10/13
संघीयताको सफल कार्यान्वयका लागी स्थानीय तह समेत सबल हुनुपर्छ ः मन्त्री लेखी

दैनिक समाचारदाता
राजविराज, १३ माघ ।
मधेश प्रदेशका गृह, संचार तथा कानुन मन्त्री राजकुमार लेखीले संघीयताको सफल कार्यान्वयका लागी स्थानीय तह समेत सबल हुनु पर्ने बताएका छन् ।
आईतवार सप्तरी सदरमुकाम राजविराजमा मधेश प्रदेशको गृह, संचार तथा कानुन मन्त्रालद्वारा आयोजित गरिएको दुई दिने स्थानीय तहको कानुन तर्जुमा सम्बन्धी अन्तरक्रिया कार्यक्रमको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन ।
मन्त्री लेखीले कानुन बनाउँदा केन्द्र, प्रदेश र स्थानीय तीनै तहका सरकारबीच समन्वय हुनुपर्ने कुरामा जोड दिदै एक तहले बनाउने कानुन अर्काे तहसँग बाझ्ने अवस्था नआओस भन्नका लागी पनि समन्वय आवश्यक रहेको बताए ।
मुलुकमा आएको परिर्वतन अनुसार केन्द्र, प्रदेश र स्थानीय गरी तीन तहको सरकारको व्यवस्था गरिएको बताउँदै उनले मधेश प्रदेश सरकारले हाल सम्म ६४ वटा कानुन निर्माण गरिसकेको जानकारी समेत दिए ।
मन्त्री लेखीले भने, “हामीहरुले समावेशी राज्यको कुरा गर्छौं, राज्यका हरेक निकाय समावेशी हुनु पर्र्छ, तर राज्य र सरकारमा जाने दलहरु आपैmले चरित्र र स्वरुप देखाउन सकेका छन की छैनन ? यसतर्फ पनि समिक्षा हुनु जरुरी छ ।”
मन्त्रालयका उपसचिव गणेश नायकले कार्यक्रमको उद्देश्य बारे प्रकाश पार्दै दुई दिन सम्म चल्ने उक्त कार्यक्रममा जिल्लाका १८ वटै पालिका मस्यौदा समितिका संयोजकसहित समितिका दुई जना सदस्य गरि ५४ जनाको सहभागिता रहेको बताए ।
सहभागीहरुलाई मधेश प्रदेशका मुख्यमन्त्री परिषदका कानुन सचिव राजन भण्डारीका साथै न्यायधिश र वरिष्ठ कानुन व्यवसायीहरुले कानुन बारे प्रक्षिण दिने कार्यक्रम रहेको जनाइएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/03/05 कावा नगरप्रमुखले आर्थिक अनियमितता गरेको भन्दै राजनीतिक दलद्वारा छानबिनको माग
- 2082/03/05 विधि प्रक्रिया तथा प्राथमिकताको आधारमा जनताको आकांक्षा र आवश्यकता पुरा गर्ने ः सभामुख मण्डल
- 2082/03/04 सर्वदलिय बैठकबाट विभिन्न विकासीय योजनाहरु तत्कालै सम्पन्न गराउन निर्णय
- 2082/03/04 नगरपालिका कर्मचारीको आन्दोलन जारि
- 2082/03/04 ट्याक्टरले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु
- 2082/03/04 थ्री फेज कृषि विद्युतिकरणको शुभारम्भ
- 2082/03/04 लापरवाही गर्ने ठेकेदारलाई कारवाही तथा निर्माण कार्यलाई गति प्रदान गर्न माग
- 2082/03/03 राजविराज नगरपालिकाका निलम्बित मेयर र योजना अधिकृतसहित दुई दर्जन विरुद्ध प्रहरीमा किटानी जाहेरी
- 2082/03/03 बालुवामुनी गाजा लुकाइराखेका घटनाका फरार प्रतिवादी पक्राउ
- 2082/03/03 अधुरा रहेका राजविराजस्थित दुई सडक योजना दश दिनभित्रै संचालन हुने
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ