News Category 2081/10/15
विवाह दर्ता र नागरिकता बनाईदिन आग्रह गर्दा पतिद्वारा फोनबाटै ‘तलाक’
दैनिक समाचारदाता
राजविराज, १५ माघ ।
सप्तरीको डाक्नेश्वरी नगरपालिका ७ ब्रह्मपुर सिघिंया टोल वस्ने एक मुश्लिम महिलाले विवाह दर्ता र नागरिकता बनाईदिन आग्रह गर्दा पतिले फोनबाटै तलाक दिएको गुनासो गरेकी छिन् ।
डेढ वर्षिय छोरासहित मंगलबार राजविराज पुगेकी २२ वर्षिया सनिजा खातुनले पत्रकार सम्मेलनमार्फत यस्तो गुनासो गरेकी हुन । डेढ वर्षअघि बैदेशिक रोजगारीका लागि कतार गएका उनका पति मो. आकुवले फोनबाटै तलाक दिएको बताइन् ।
उनका पति आकुबलाई नन्दले झुटो कुरा पु¥याएर तलाकको अवस्थामा पु¥याई दिएको उनको आरोप छ ।
उनले विवाहको तीन वर्ष हुन लाग्दा पनि पति आकुवले विवाह दर्ता र नागरिकता नबनाई दिएको र सो बनाईदिन आग्रह गर्दा “किन हतार गरेको” भन्दै रिसाउने गरेको बताईन ।
डेढ वर्षदेखी कतारमा रहेका पतिलाई नन्द मरियम खातुनले मेरो बारेमा झुटो कुरा लगाई भड्काएको र अन्त्यमा उनले ५ महिना अघि फोनबाटै तलाक दिएपछि आफु विच्चलीमा परेको सनिजाले सुनाइन ।
गत मंसिर १९ गते राती आफु गाउँको एक बैवाहिक कार्यक्रममा सरिक हुन गएका वेला नन्द मरियमले कोठामा रहेको दराजबाट सुनको सिक्रि, टिका, नथुनी, अंगुठी गरी करिब ५ तोला र चाँदीको १० तोलाको विभिन्न गरगहना चोरी गरी लगेको आरोप समेत उनले लगाएकी छिन ।
आफु विरुद्ध नन्द मरियमले समय–समयमा झुटो कुरा लगाएर पतिलाई भड्काउने र अन्त्यमा फोनबाटै तलाक दिदा आफु घरकी न घाटकी भएको उनको कथन छ ।
यस विषयमा नन्द मरियम विरुद्ध जिल्ला प्रहरी कार्यालयमा जाहेरी समेत दिएको बताउँदै उनले जाहेरी मार्फत घरमा चोरी गर्ने तथा आफुलाई तलाक सम्मको अवस्थामा पु¥याउने माथी कारवाही हुनु पर्ने माग समेत गरेकी छिन ।
डेढ वर्षिय छोरा पैmजान र ५८ वर्षिया आमा नजिरासंगै न्याय खोज्दै यहाँ आइपुगेकी सनिजाले विवाह भएपछि विवाह दर्ता र सन्तान जन्मेपछी जन्मदर्ता गराईदिन माग गर्नु स्वभाविक भए पनि पति र नन्दले यसलाई अपराध गरे जस्तै लिएको गुनासो गरिन ।
भारतको विहार राज्य कुनौली ग्रामपञ्चायत डंगमारा माइती भएकी सनिजाको २०७८ साल चैत्र ८ गते मो. आकुवसंग मुस्लिम धर्म परम्परा अनुसार मौलानाको उपस्थितीमा विवाह (निकाहनामा) सम्पन्न भएको थियो । छोरीको विवाहमा आफुले १५ लाख रुपैया खर्चेको आमा नजिराले सुनाईन ।
नन्द मरियम कै कारण तलाक समेत दिएर छोरीलाई सम्बन्ध विच्छेदको अवस्था पु¥याइएको छ, अब कति हिंसा सहनु ? आमा नजिराले पत्रकारहरुसंग पीडा पोखिन ।
छोरी सनिजासँग अन्याय भएको भनेर ब्रहमपुर टोलका मुश्लिम समुदायका अगुवाहरुले साथ दिइरहेपनि हिंसा गर्ने नन्दमाथी अहिलेसम्म कुनै कारवाही भने नभएको आमा नजिराको गुनासो छ ।
हिंसा र तलाकको कुरा आएपछी आफूले सप्तरी जिल्ला अदालतमा अंश र मानाचामल मुद्दा हालेको सनिजाले बताएकी छिन् । उनले पतिले दिएको तलाकनामा फिर्ता र उनीसँगै सुरक्षितसाथ बस्ने वातावरण बनाइदिने समेत सबैसँग आग्रह गरेकी छिन् ।
उक्त प्रकरण बारे प्रहरीमा जिज्ञासा राख्दा प्रहरी नायब उपरिक्षक जितेन्द्र कुमार बस्नेतले दुबै पक्षलाई झिकाई समस्या समाधानको प्रयास थालिएको जनाएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ